२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेब्रुअरी दोस्रो साता इन्गेजमेन्ट गर्ने तयारीमा रश्मिका र विजय

२०८०, २४ पुष मंगलवार ११:३३

पुस २४, काठमाडौँ | दक्षिण भारतीय स्टारहरु विजय देवरकोंडा र रश्मिका मन्दानाले डेटिङ गरिरहेको हल्ला नयाँ होइन । यी दुई कलाकारले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।

भारतीय समाचार एजेन्सी न्युज–१८ मा हालैको खबरअनुसार यी दुवै कलाकारले फेब्रुअरीको दोस्रो साता इन्गेजमेन्ट घोषणा गर्ने तयारी गरेका छन् । यद्यपि उनीहरुको आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।


विजय र रश्मिकाले ‘गीता गोविन्दनम’ र ‘डियर कामरेड’मा अभिनय गरेका थिए । त्यतिबेलादेखि नै यी दुईबीच प्रेम सम्बन्धको हल्ला चलेको हो । यिनीहरु यतिबेला गम्भीर प्रेममा छन् भनेर जनाइएको छ ।

पछिल्लो केही दिनयता रश्मिका र विजयको इन्गेजमेन्टको खबर सामाजिक सञ्जालमा फैलिएको छ । न्यूज-१८ को विवरणअनुसार दुवैले फेब्रुअरी दोस्रो साता इन्गेजमेन्ट गर्दैछन् ।

हालै रश्मिकाले हैदराबादस्थित विजयको घरमा दीपावली मनाएकी थिइन् । त्यसपछि यी दुई बिदा मनाउन एकसाथ निस्किएका थिए । रश्मिकाको पछिल्लो फिल्म ‘एनिमल’ले विश्वव्यापी ८०० करोड भारु कमाएको छ । उनी यतिबेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को सुटिङमा व्यस्त छिन् ।

रश्मिकासँग ‘रेन्बो’, द गर्लफ्रेन्ड र चाभा फिल्म पाइपलाइनमा छन् । विजय चाहिं परशुराम पेट्लाको आउँदो फिल्म ‘फ्यामिली स्टार’ र निर्देशक गौतम तिनौरीको फिल्म ‘भीडी १२’मा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो