२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँ जिप दुर्घटना: २ जनाको मृत्यु, १० जना घाइते

२०८०, २५ पुष बुधबार ०७:१८

पुस २५, तनहुँ | तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए । 

बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो । 

खाँणका अनुसार अन्य १० घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै  ३ जनाको अवस्था सामान्य रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो