२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी

२०८०, २५ पुष बुधबार ११:५८

पुस २५, काठमाडौँ | सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषाण गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।


कृषिमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ । वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने बताएका थिए ।

‘कृषि क्षेत्रका राष्ट्रिय तथा प्रादेशिक महत्व तथा प्राथमिकता र त्यसको हालसम्मको अवस्थाको सन्दर्भमा छलफल भएको छ,’ मन्त्रालयले नोट जारी गर्दै भनेको छ, ‘चैते धानबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन, रासायनिक मलखादको व्यवस्थापन, बिक्री वितरण तथा सहज उपलब्धता र बाँझो जमिन उपयोग सम्बन्धमा छलफल भएको छ।’

यस्तै छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपन्छीजन्य रोग – किराहरु तथा सम्भावित महामारी/प्रकोप नियन्त्रण तथा भ्याक्सिनको प्रयोग सम्बन्धमा प्रदेश सरकारका कृषि मन्त्रालयसाँग छलफल गरेको हो ।

‘न्यूनतम समर्थन मूल्य, कृषि तथा पशुपन्छीको बीमाका लागि आवश्यक उत्पादन लागत संकलन, कृषि तथ्यांक संकलन तथा व्यवस्थापनमा एकरुपता कायम गर्ने, ‘संघ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वय सम्बन्धी कार्यप्रक्रिया २०८०’ को कार्यान्वयन लगायत विषयमा छलफल भयो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो