२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हर्कको व्यङ्ग: बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा?

२०८०, २६ पुष बिहीबार ०६:०७

पुस २६, काठमाडौँ | धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागी आफू अर्को रुख रोप्न हिडेको बताएका छन्। तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।


लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित  सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।  

‘बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा? झोलामा कि सुटकेसमा? कि बोरामा? हजारको कति वटा पाँच सयको कति?,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो! अब त्यो पैसा के हुन्छ? सुनको खटिया बनाउँदै छ कि अस्ति अस्ति को? कि के हो?।’  

पैसाको बारेमा टिप्पणी गरेका साम्पाङले अन्त्यमा ध्यानको प्रसंग पनि उठाए। ‘कुदेँ म त बिरुवामा पानी हाल्नु!,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन?’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो