२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयनताराविरुद्ध एफआईआर दर्ता

२०८०, २७ पुष शुक्रबार ०६:४७

पुस २७, चेन्नई । दक्षिण भारतीय फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता भएको छ । फिल्म अन्नपूर्णीले धार्मिक भावनालाई ठेस पुर्याएको अनि लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपूरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको छ ।

हिन्दु सेवा परिषद्ले फिल्मका कयौं दृश्यहरू आपत्तिजनक रहेको भन्दै ओमती प्रहरी थानामा ऊजुरी दर्ता गरिएको हो । फिल्मको संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ । अन्नपूर्णीले लभ जिहादलाई बढावा दिइरहेको दाबी ऊजुरीमा गरिएको छ ।


फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण विवादमा तानिएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको छ । शिवसेनाका पूर्व नेता रमेश सोलंकीले पनि जनवरी ६ मा अन्नपूर्णीका मेकरहरुविरुद्ध मुम्बईमा ऊजुरी दर्ता गराएका थिए ।

मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको उनको भनाइ थियो । सोलंकीले एक्समा एउटा पोष्ट गर्दै फिल्मको कडा आलोचना गरेका थिए । अन्नपूर्णी डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा शीर्ष भूमिकामा थिइन् । फिल्ममा नयनतारा मन्दिरको पुजारीको छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो