२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

२०८०, ६ माघ शनिबार ०६:२०

माघ ६, काठमाडौं | ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउँछन्।

‘यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ’, भट्टले भने, ‘गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन।’

लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ। काठमाडौंको नागढुंगामा गरिएको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका सात जना चालकलाई शुक्रबारमात्रै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पनि पटकपटक चालकलाई नियन्त्रणमा लिएर कारबाही भएको थियो। तर यो क्रम रोकिएको छैन।

बा २ ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका-१७ का २४ वर्षीय मिलन गिरी, ग१ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका-१ का ३५ वर्षीय मीनबहादुर तामाङ, बा३ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला लागुपदार्थ लिएर गाडी चलाइरहेका बेला पक्राउ परेका छन्।

यस्तै, बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर र लु २ ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेँसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि पक्राउ परेका भट्टले बताए। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ।

पछिल्लो समयमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरोले उक्त अभियान चलाइरहेको छ। यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायण अधिकारी बताँछन्।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्छ। त्यसैले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो