२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !

२०८०, ८ माघ सोमबार ११:०७

माघ ८, काठमाडौं | भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् ।

मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले ती बालिकालाई मृत घोषित गरे ।


शनिबार बिहान ती बालिकाको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक बालिकाकी आमालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३० जनवरीमा ती बालिकाको पाँचौँ जन्मोत्सव मनाइएको थियो । बालिकाकी आमाका अनुसार उनकी छोरीलाई कुनै प्रकारको शारीरिक समस्या देखिएको थिएन । यद्यपि, पोस्टमार्टम नगरिएका कारण बालिकाको मृत्युको ठोस कारण यही नै हो भनेर किटान गर्न कठिन हुने मुख्य चिकित्सा अधिक्षक डा. सत्यपाल सिंहले जनाएका छन् । परिवारजनले सुनाएको विवरण अनुसार हृदयघातकै कारण मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो