2026-07-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सानैमा बेचिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटक भिडियोले भेटाइदियो

माघ १२, काठमाडौं | एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो विगतले सोचमग्न बनाएको छ । विगत एक हप्तायता उनी फिटिक्कै निदाएकी छैनन् ।

टिकटकमा एउटा भिडियो हेर्दै एनो आफूहरूलाई बेचिदिने महिला यही होला भन्ने सोचिरहेकी छिन् । दुवै दिदीबहिनी आत्तिएका छन् । आफ्नो विगत के थियो, कसले बेचिदियो जस्ता अनुत्तरित प्रश्नहरू खोजेर उनीहरू जर्जियाबाट जर्मनीसम्म पुगे । आफूलाई जन्म दिने आमालाई पनि भेट्दै छन् । विगत २ वर्षयता एमी र एनोले आफूहरूलाई ठ्याक्कै के भएको थियो त भनेर खुट्याउने प्रयास गरे । यसक्रममा आफूहरू दुई मात्रै नभएको महसुस गरे ।

गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका छन् । अधिकारीहरूले पनि यसबारे छानबिन गरेका छन् । तर अहिलेसम्म दोषी फेला परेका छैनन् । एमी र एनोले १२ वर्षको उमेरमा जर्जियाज गट ट्यालेन्टमा एक–अर्कालाई भेटे । एमी कृष्ण सागर नजिक आफ्नो हजुरआमाको घरमा जर्जियाज गट ट्यालेन्ट हेरिरहेकी थिइन् । त्यहाँ उनले ठ्याक्कै आफूजस्तै अर्को केटी नाचिरहेको देखिन् । सात वर्षपछि सन् २०२१ को नोभेम्बरमा सात वर्षपछि एमीले टिकटकमा आफ्नो एउटा भिडियो हालिन् ।

एनोलाई उनको एक साथीले त्यो भिडियो पठाइन् । अनि एमीलाई खोज्न थलिन । ह्वाट्स एप गु्रपमा भिडियो हालेर कसैले चिनेको छ भनेर सोधिन् । एमीले चिनेको कुनै व्यक्तिले चिनेर ती दुबैलाई फेसबुकमा एकअर्कासँग जोडिदिए । एमी जर्जियाज गट ट्यालेन्टमा आफूले देखेको केटी भन्नेकुरा एमीले थाहा पाइ हालिन् । केही दिनमा आफूहरूबिचमा धेरै कुरामा समानता पाए । समयसँगै आफूहरू ‘आइडेन्टिकल ट्विन’ भएको पाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन