कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्र"/>
2026-07-06 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नव आगन्तुक प्रमुख कार्यकारी अधिकृत र पश्चिमाञ्चल होटल संघ बिच छलफल

कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । 

स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको विकासका लागि गर्नुपर्ने कामहरु बारे कार्यकारी अधिकृत ढुंगानालाई अवगत गराएका थिए । पोखराको समग्र विकासका लागि संघ उपमहानगरपालिका कार्यालयसँग सधैं सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्मरण गराउँदै पराजुलीले पर्यटन विकास लगायत नगरका अन्य विकासका काममा संघ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए ।

फेवा तालको संरक्षण र विकास, पोखराको फोहोर मैलाको उचित व्यवस्थापन, पोखराको सडक मर्मत तथा संभार र व्यवस्थापन, एकिकृत सम्पत्ति कर सम्बन्धी अब्यवहारिक पक्षको सुधार लगायतका कामहरु तत्काल अगाडि बढाउन जरुरी भएको संघका तर्फबाट पराजुलीले कार्यक्रममा राखेका थिए । पोखरालाई हरियाली शहरको रुपमा विकास गर्न जरुरी भएको भनाई पनि सो अवसरमा पराजुलीले राखे । सो अबसरमा बोल्दै कार्यकारी अधिकृत ढुंगानाले उपमहानगरपालिका कार्यालय होटलकर्मीहरुसँग सहकार्य गरेर नै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता सुनाए । आफू कास्कीकै बासिन्दा भएको स्मरण गराउँदै उनले पोखराको पर्यटन लगायत अन्य समग्र विकास आफूले देख्न र सोही अनुसार अगाडि बढ्न चाहेको बताउँदै समग्र नगरबासीको सहयोग आफूलाई आबश्यक पर्ने सो अबसरमा बताए । पोखरामा पछिल्ला महिनाहरुमा सडकको दूराबस्थाले निकै पिरोलेको गुनासो सुनेपछि उनले यसका लागि तत्काल भत्केको सडक मर्मत गर्नका लागि एउटा मर्मत शाखा नै व्यवस्था गर्ने प्रतिबद्धता उनले सुनाए । ठेकेदार व्यवस्था गरेर सडक भत्केको ठाउँमा तत्काल मर्मत गर्ने व्यवस्था गर्ने कार्यलाई आफूले अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष पराजुली तथा पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले कार्यकारी अधिकृत ढुंगानालाई स्वागत गरेका थिए । संघका सल्लाहकारहरु विश्वशंकर पालिखे, मेहरमान श्रेष्ठ, लक्ष्मीबहादुर भट्टराई, गोविन्दराज पहारी र विप्लव पौडेलले पनि पोखरा विकासका लागि गर्नुपर्ने कामहरु सुझावको रुपमा राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए । यसैविच संघले विगत वर्षहरुदेखि नै गर्दै आएको भाइटिका महोत्सव यसवर्ष पनि भव्य रुपमा मनाउने निर्णय गरेको छ । तिहारको दिन विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रमका लागि संघका कोषाध्यक्ष राजेन्द्र ढकाललाई सयोजक चयन गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने