2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सत्यकृत फाउन्डेसनले पोखरेलीहरुलाई रक भजनमा झुमाउने

कमल सुबेदी | कात्तिक २, पोखरा | सत्यकृत फाउन्डेसनको प्रस्तुतीमा सत्यकृत समुहले पोखरामा रक भजन कन्सर्ट गर्न लागेको छ । पोखरामा आउदो शनिबार साझ ५ बजे लेकसाइडको खुल्ला सडकमा हुने फाउन्डेसनका अध्यक्ष विजय गौतमले जानाकारी दिए । कार्यक्रममा रक, लोक रक, स्लो रक, फ्युजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिने गौतमले जानकारी दिए ।

भजन प्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि रक भजन कन्सर्ट गर्न लागिएको कार्यक्रमको स्थानिय ब्यवस्थापन गरिरहेका टिम फाइभ प्याराग्लाडिङ्गका बालकृष्ण बसेलले  बताए । निशुल्क प्रबेश राखिएको कार्यक्रमका लागि हुने खर्च हामी आफैले स्थानिय ब्यवस्थापन गरि उठाइरहका छौ  आयोजक मध्येका पोखरा पिज्जा हाउसका सञ्चालक विजय गुरुङ्गले भने । कार्यक्रमको स्थानिय आयोजकका रुपमा पोखरा पिज्जा हाउस, टि टाइम रेष्टुरेण्ट र टिम फाइभ प्याराग्लाइडिङ्ग रहेका छन् ।

पोखरामा भइरहेका इभेन्ट भन्दा अलि पृथक इभेन्ट भएकाले दर्शकको उल्लेख्य उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । सत्यकृत फाउन्डेसन अन्र्तगतको सांगीतिक समुह सत्यकृत ब्याण्डले यस अघि धरान, पाल्पा, काठमाण्डौ लगायतका ठाँउहरुमा कन्र्सट गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई