२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता, खाेजीमा प्रहरी

२०८०, १३ फाल्गुन आईतवार १०:४४

फागुन १३, पर्सा | रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ। अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेकाे स्वास्थ्यकर्मीले बताए। अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ। यसअघि सीताका तीन छोरी जन्मिएका थिए। उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए। साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका हुन्। साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिएनन्।

आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ। छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले दिइन्।

“अस्पतालमा सासु र बुहारी मात्रै आएका थिए। श्रीमान  खाेइ भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भनिन्, “छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्। शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन। हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन।” शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताइन्।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ। उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

“उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन। पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,” डीएसपी थापाले भने। उनीहरूको खोजतलास जारी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा