२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा नर्स हत्या: झुण्डिएको अवस्थामा नर्सका प्रेमी पनि मृत भेटिए

२०८०, ५ चैत्र सोमबार ०७:२९

चैत ५, काठमाडौँ | विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ ।

नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।

चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिराहास्थित घर भने गएनन् । सीधै विराटनगरमा आए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।

बिहीबार दिउँसो शिवशंकरले चन्द्रिकाको हत्या गरे । चन्द्रिकाको शव बाथरुममा राखेर फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर निस्किए । कोठाबाट निस्किंदा उनले कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाको साथीलाई दिएका थिए । उनको फोन नम्बर पनि लिए । चाबी दिंदै गर्दा उनले चन्द्रिका भारतको जोगबनी गएको बताएका थिए । तर, उनी बेलुकासम्म आइनन् । साथीले अन्त कतै गएकी होलिन् भन्ने सोचे ।

शुक्रबार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको फोटो आयो । दासका साथीले घरबेटीलाई खबर गरे । घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार हृवाटसपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि मृतकका प्रेमी हुन् । धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उतैतिर डाइभर्ट भयो । तर, सो नम्बर धानुकसँग रहेको देखिएन । विदेशबाट फर्किएका शिवशंकरको नाममा सिम देखियो । सो नम्बर उनले हृवाटसप खोल्दा अमिन धानुक नाम लेखेको प्रहरीले बताएको छ । घटना डाइभर्ट गर्न अर्कै व्यक्तिको नाम लेखेको देखिएको डिएसपी दाहालले बताए ।

मोबाइल अफ भएको नम्बर पछ्याउँदै प्रहरीले घटना अनुसन्धान गरिरहेको थियो । ‘बेला-बेला अन हुने नम्बर हिजो दिउँसो कञ्चनबारी आसपास देखियो, त्यसपछि प्रहरी टोलीले होटलहरुमा सर्च गर्‍यो,’ डिएसपी दाहालले भने, ‘राति फाइन होटलमा झुण्डिएको अवस्थामा शव भेटियो ।’

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार शिवशंकर र चन्द्रिकाबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

डिएसपी दाहालका अनुसार आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

शव भेटिएको होटलमा शिवशंकर आइतबार दिउँसो पुगेका थिए । त्यसअघि कहाँ बसे भन्ने नखुलेको डिएसपी दाहालले बताए । ‘चन्द्रिकाको हत्यापछि सुटकेश लिएर निस्किएका उनी कहाँ-कहाँ बसे भन्ने खुलेको छैन । शव भेटिएको होटलमा दिउँसो मात्रै पुगेका थिए,’ डिएसपी दाहालले भने, ‘परिवारका सदस्यलाई पनि फोन गरेपछि बेलुका सुसाइड गरेको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ