2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधरण सभा सम्पन्न

कात्तिक ६, पोखरा ।  पोखरा १७, विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधरणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङानाले राज्यका सबै निकायहरु समावेशी अवधारणामा बनाइरहँदा संस्थामा महिलाहरुको सहभागीताले समावेशीकरण अबलम्बन गरेकोमा प्रशंसा गर्नुभयो ।  

उहाँले राज्य विभिन्न वर्ग र समुदायमा विभाजित भइरहँदा टोल विकास संस्थामा विभेद हुन नहुने र एकताबद्ध हुनुपर्ने बताउनुभयो । समाजमा विभिन्न विकृति र विसंगती फैलीरहेको बताउँदै संस्थाले  युवाहरुलाई सृजनशील बनाएर विकृतिबाट पर राख्न सफल भएको भन्दै सरहाना गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि पोखरा उपमहानगरपालिकाका योजना महासाखा प्रमुख एवं वरिष्ठ ई. शारदा मोहन काफ्लेले पोखरामा विकास निर्माणका काम गर्नको लागि अवसर र चुनौती दुवै रहेको भन्दै विकास निर्माणका कार्य तिव्र रुपमा अगाडि बढेको र वडा नं १७ मा विस्तारित भएको वस्ती सँगै यहाँको विकासको लागि नगरपालिकाले सदवै चासो ब्यक्त गर्ने बताउनुभयो । उहाँले पोखराउपमहानगरपालिकाले सबै टोल विकास संस्थाहरुलाई समान रुपमा सहयोग गरेको  र आगामी दिनमा पनि सहयोग गर्ने बताउँनुभयो ।

विरुवा मार्ग टोल विकास संस्थाका सल्लाहाकार तथा रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारीले विकास निर्माणका कार्यमा महिलाहरुको सक्रियता बढ्दै गएको भन्दै हरेक टोलको विकास गर्नका लागि महिलाहरुको अग्रणी भुमिका हुने भएको हुँदा पोखरा उपमहानगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धिको लागि पहल गर्नुपर्ने बताउनुभयो  । उहाँले नगर विकासको  लागि ल्याइने ठुला योजना भन्दा पनि अत्यावश्यक क्षेत्रमा नगरपालिकाको ध्यान पुग्नुपर्ने कुरामा जोड दिनुभयो । पोखराको सडक, ढल सँगै फोहोर व्यवस्तापन गर्न पोखरा उपमहानगरपालिका लागि पर्नुपर्ने भन्दै पोखरा उपमहानगरपालिकाले थालनी गरेको प्लास्टिक मुक्त शहर अभियानलाई सफल बनाउनका लागि टोल संस्थाहरुले  सहयोग  गर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका वडा नं १७ सभापति देवी प्रसाद आचार्यले वडाको विकास निर्माणका कार्यमा परेका समस्या समाधानका लागि सम्पुर्ण राजनीतिक दल सदैव लागि पर्ने जनाउनुभयो साथै उहाँले पोखरा नगरको विकासका लागि टोल विकास संस्थाहरुले खेलेको भुमिका प्रति प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले वडा नं १७ का अध्यक्ष शुवास ढुङ्गगाना, वडा नागरिक मञ्च १७ का संयोजक टोपराज ढुङ्गगाना, संस्थाका सल्लाहकार शिवराम सुवेदी, विवेकशिल युवा क्लबका अध्यक्ष अर्जुन कुँवरले बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष खमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका सचिव शालीकराम भण्डारीले सचिव र कोषाध्यक्षकोे प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका अध्यक्ष खमबहादुर केसीले संस्थाको भावी योजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा स्वाग मन्तब्य उपाध्यक्ष लक्ष्मी गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव शालीकराम भेण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द