2026-07-07 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विश्व पोलियो दिवसमा पोखरामा र्याली

कात्तिक ८, पोखरा । विश्व पोलियो दिवसको उपलक्ष्यमा पोखरा उपत्यकाका ६ वटा रोटरी क्लबहरु र पोलियोसंग सम्बन्धित विभिन्न संगठनको संयूक्त आयोजनामा सोमबार पोखरामा वृहत पोलियो शुन्य र्याली सम्पन्न भएको छ ।

र्यालीको शुभारम्भ गर्दै रोटरी डिस्ट्रीक ३२९२ नेपाल–भुटानका डिस्ट्रीक गभर्नर जया राज्य लक्ष्मी शाहले पोलियो उन्मुलन कार्यमा सहयोग गर्न सबैसंग आग्रह गरिन । 

पोखराको बिन्ध्याबासिनी मन्दिर प्राङ्गण बाट विहान ८ बजे शुरु भएको ¥याली मोहोरिया टोल, नालामुख, रामकृष्णटोल, सिद्धार्थचोक, चिप्लेढुंङ्गा, महेन्द्रपुल, पालिखेचोक हुँदे गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको परिसरमा पुगेर समापन भएको थियो ।

नेपाल राष्ट्रिय पोलियो प्लस कमिटिको समेत सहयोग रहेको उक्त कार्यक्रममा रोटरी क्लबका अलवा विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था, इनर ह्वील क्लबहरु, रोट्रायाक्ट क्लबहरु, ईन्टरएक्ट क्लबहरु र रोटरी सामुदायिक ग्रामका पदाधिकारी र सदस्यहरुको सक्रियता थियो । त्यसैगरी र्यालीमा नेपाली शेना, नेपाल प्रहरी, उद्योगी व्यवसायी, समाजसेवी, महिला समूह, विद्यार्थी लगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।

र्यालीमा सहभागिहरुले ‘पोलियो उन्मूलन गरौँ’ लेखिएका प्लेकार्ड पर्दशन सहित चेतनामूलक पर्चाहरु समेत वितरण गरेका थिए । विश्वबाट पोलियो उन्मूलन गर्न महत्वपूर्ण योगदान गरेको रोटरी इन्टरनेशनलले छिटपुट रुपमा देखिएको पोलियो रोग पूर्ण रुपमा अन्त्य गर्न प्रत्येक अक्टोबर २४ तारिकमा रोटरीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने