2026-07-07 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली गर्ने

कात्तिक ९| पोखरा |

नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली हुने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खलका अध्यक्ष अशोक पालिखेले कात्तिक १५ गते भिन्तुना र्याली गरिने बताए ।

नेपालीहरुको महान पर्व दिपावली अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिन बाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा उक्त दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्यालीमा बिभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने पालिखेले बताए ।

र्याली पोखराको टुँडिखेलबाट शुरु भई मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ । भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरिने छ । र्यालीमा सम्पुर्ण जातजातीहरुलाई आ–आफ्नो भेषभुषामा सहभागी भई मौलिक संवत नेपाल संवतको प्रचार प्रसारमा सघाउन पनि आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमलाई प्रचारप्रसार गर्न साईकल सिटी पोखरा तथा नेवा पत्रकार पुच पोखराको सहआयोजनामा साइकल र्याली हुने र्याली संयोजक सन्जय मल्लले बताए । साइकल र्याली नेपाल संवत शुरु हुने पुर्व सन्ध्या अर्थात लक्ष्मी पुजाको दिन आयोजना गरिने छ । कात्तिक १४ गते आइतबार बिहान ७ बजे प्रचारात्मक साईकल र्याली नेवा छेँ भिमसेन टोल बाट शुरु भएर पोखरा उपत्यका परिक्रमा गर्ने मल्लले बताए । जम्मा १८ किलोमिटरको रुट तय गरिएको र्यालीमा २ सय जना साइकलिष्टको सहभागी रहने अपेक्षा आयोजकले लिएको छ ।

नेपाल संवतकै अवसरमा भैरब साँस्कृतिक संरक्षण समिती, लायन्स क्लब अफ पोखरा भैरब र शिब मन्दिर संरक्षण समितीको संयुक्त आयोजनामा कात्तिक १४ गते लक्ष्मी पुजाको दिन नेपाल संवत तथा दिपावलीको शुभकामना र रक्तदान कार्यक्रम हुने भएको छ । भैरबटोल साँस्कृतिक संरक्षण समितीको प्राङ्गण भैरबटोलमा बिहान ८ बजे कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् ।

साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको सम्वत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने