कात्तिक ९, पोखरा |

रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईको एक कार्यक्रमका विच आज विदाई गरिएको छ । गण्डकी सञ्चार गृहको सभाहलमा आयोजित एक कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, पोखरा |

रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईको एक कार्यक्रमका विच आज विदाई गरिएको छ । गण्डकी सञ्चार गृहको सभाहलमा आयोजित एक कार्यक्रम"/>

2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संचारकर्मी राईको बिदाई

कात्तिक ९, पोखरा |

रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईको एक कार्यक्रमका विच आज विदाई गरिएको छ । गण्डकी सञ्चार गृहको सभाहलमा आयोजित एक कार्यक्रमका विच जापन जान लाग्नुभएका सञ्चारकर्मी राईको विदाई गरिएको हो । सो अवसरमा गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार खत्री र रेडियो गण्डकीका अध्यक्ष अग्नी कंडेलले राईलाई संयुक्त रुपमा मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा बोल्दै गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार खत्रीले कुशल सञ्चारकर्मी मिडिया हाउसबाट विदाई गुर्नपरेको दुःख व्यक्त गरे । रेडियो गण्डकीका अध्यक्ष अग्नी कडेलले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्नुपर्नेमा जोड दिदै विदेशमा रहे पनि गण्डकी सञ्चार गृहसँगको सम्बन्ध कायम राख्न आग्रह गरे ।

गण्डकी माछापुच्छ्रे सञ्चारगृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले १० बर्ष सञ्चार गृहमा काम गरेका राईलाई विदाई गर्नुपर्दा सञ्चार गृहलाई ठूलो क्षति पुगेको उल्लेख गरे । राज्यले युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । विदाई भएर जान लागेका रामचन्द्र राईले केही बर्ष जापनमा बसेर सिकेको सिप स्वदेशमा प्रयोग गर्ने बताउदै सञ्चार गृहसँगको सहकार्य जारी रहने बताए ।

गण्डकी टेलिभिजनका स्टेशन म्यानेज अपिल त्रिपाठी र रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले सहकर्मी राईसंग सञ्चार गृह स्थापनाकाल देखि नै सँगै सहकार्य गरेको स्मरण गर्दै यात्रा र जीवन सफलताको कामना गरे । कार्यक्रममा गण्डकी सञ्चार गृहका सञ्चालक समिति सदस्य, कार्यरत सञ्चारकर्मी, पुर्व कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई