कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया"/>

2026-07-07 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा आउँदै गरेको रात्रीवसबाट गएराति २५ तोला बराबरको सुनका गहना चोरी

2016-10-26

कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । 

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना मध्यराती साँढे १२ बजे मुग्लीनबाट वस रोकेको अबस्थामा चोरी भएको हो । उनका श्रीमान् बुद्धी बहादुर गुरुङका अनुसार झोलामा सिरानी गरेर राखेको उक्त सुन चोरी भएको हो ।

ना ४ ख ३६९३ नम्वरको रात्री वसमा श्रीमान श्रीमती सहित पोखरा आउदै गर्दा मुग्लीनमा वस आराम गर्न रोकेको अबस्थामा नाटकीय ढंगबाट चोरी भएको गुरुङले बताए ।

उनका अनुसार वसमा चालक र सहचालक बाहेक ३ जना मात्र यात्रु रहेका थिए । मुग्लिङमा करीब राति १२: २० मा वस रोकेपछि चालक र सहचालक चिया खान झरेको र उनीहरु झरेको करीब १० मिनेट पछि दुई जना व्यक्तिहरु गाडीमा आएर यो गाडी कहाँ जाने हो भन्दै भित्र पसेका थिए । 

एक छिन वसेर बाहिर निस्केका थिए । फेरि एक छिन पछि पुनः अर्को एक अग्लो कदको रातो कमिज र चप्पल लगाएको व्यत्ति वस भित्र छिरेर यो गाडी कहाँ सम्म जाने हो भन्दै भित्र एक छिन वसेर निस्किएका थिए । एक छिन पछि आउनु पर्ला भन्दै झरेका ब्यक्ति नआएपछि करीब १० मिनेटमा देउता कुमारीले सिरानीमा राखेको झोला हराएको थाहा पाएका थिए ।

गाडी रोकेको अबस्थामा पहिला दुई जना चढेर झरे पछि बुद्धिबहादुरले गाडीको ढोका लगाएर भित्र वसेको अबस्थामा एक छिन पछि अर्को व्यक्ति गाडीमा आफै ढोका खोलेर छिरेको बताए ।

गाडी खाली खाली भएको हुनाले आफुहरु छुट्टा छुट्टै सिटमा सुत्ने ढंगले दुई÷दुई सिट रिर्जव गरी आएको अबस्थामा बी साईडको ३ र ४ सिटमा देउता कुमारी वसेकी थिईन भने उनका श्रीमान अर्को सिटमा बसेका थिए । सहचालक बिष्णु पौडेललाई मुग्लीन प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने उक्त वस पोखरा आएको छ ।

राया ८ तोला, पैसा वाला औठी १ तोला, वेरुवा औठी १ तोला, काना लगाउने चारलीङ टप ३ तोला, ज्वली १ तोला, नौ गेडी तिन तोला, तिलौरी १ तोला, सिक्री ४ तोला, वच्चाले लगाउने रिङ आधा तोला गरी साँढे २५ तोला सुनका गरगहन चोरी भएको उनकी छोरी शिला गुरुङले बताइन् ।

वेलायतबाट आएका आमा बाबु काठमाण्डौंबाट पोखरा रात्रि  वसमा आउदा चोरी भएको घटनाले गर्दा केहि वेर आमा अचेत अबस्थामा पुगेको उनले बताईन । साथै आमाको झोलामा रहेको १२ हजार नगद सहित ३ वटा लेडिज घडी र एउटा जेन्स घडी समेत चोरी भएको उनले बताईन । 

यस बिषयमा प्रहरीलाई सोध्दा ७५ जिल्लाबाट आउने ठाँउमा चोरी भएको भन्दै अनुसन्धान भई रहेको एक प्रहरी अधिकारीले बताए । पृग्वीराजमार्ग वस संचालक समितिद्धारा संचालित उत्त वसबाट सुन चोरी भएको घटनालाई आफुले समेत बढी निगरानी गर्ने समितिका महासचिव योगेन्द्र केसीले बताए । -पत्रकार दिनानाथ बरालको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने