2026-07-25 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा स्कुल बस दुर्घटना : विद्यार्थी भन्छन्, ‘बस एकदम स्पिडमा थियो’

साउन १४, काठमाडौं | पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा ‘ओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् । 

‘पहिला त्यस्तो हुन्थेन, आज बस एकदम स्पिडमा थियो,’ एक विद्यार्थीले भनिन्, ‘बस सिधै गएर घुम्तीमा खस्यो ।’ फुस्रेखोला-रामदी-मट्टीखान सडक निर्माण उपभोक्ता समितिका सदस्य समन गुरूङले भने पहिले-पहिले पनि चालकले तीव्र गतिमा बस चलाउने गरेको सुनाए । ‘भर्खरै बनाएको नयाँ बाटो हो, अलि बिस्तारै चलाउ है भनेर पटकपटक भन्दै आएका थियौं,’ उनले भने, ‘कच्ची बाटो भएको भए बरू स्पिड कम हुन्थ्यो, दुर्घटना हुँदैनथ्यो । पक्की बाटो भएपछि मनलाग्दी स्पिड भयो ।’

दुर्घटनाका प्रत्यक्षदर्शी रामदी-एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाका अनुसार माथिल्लो घुम्तीबाट बिजुलीको पोल, चिलाउनेको रूखमा ठोक्किँदै बस तल्लो सडकमा आइपुगेको थियो । नयाँ कालोपत्रे भएकोले सडकमा भएका मसिना ग्राभेलले दुई पांग्रे सवारी चिप्लिने गर्थ्यो । तीन दिनअघि मात्रै संस्थाले सडक डिभिजन कार्यालयमा गएर समयमै काम सक्न, बाटोको ग्राभेल सफा गर्न आग्रह गरेको थियो । ‘स्कुल बस पनि १५ वर्ष सिटीमा चलेकोलाई रंगरोगन गरेर विद्यार्थी बोकेको भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘२० जना सिट क्षमताको बसमा ३० जना चढाउनु विद्यालयको लापर्बाही हो ।’

पोखरा-२१ छरछरेमा सोमबार विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनको छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको छ । उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । बसमा ३० जना सवार थिए । बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको उपचार भइरहको छ ।

कृस्तीबाट विद्यार्थी लिएर पोखरा-१७ विरौटामा रहेको विद्यालयमा बस फर्किरहेको थियो । ग१क ६२१९ नम्बरको बस घुम्तीबाट झण्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ