2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म विदुषी होइन, सानोतिनो त्रुटि हुँदा क्षमा दिनुहोला : चन्द्रकला सखी

साउन १७, काठमाडौं । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । 

‘जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ’, उनले भनिन् । उनले थप भनिन्, ‘म कुनै विद्वान होइन । म कुनै पण्डित, विदुषी होइन । जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरू हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’

प्रवचनका क्रममा बुधबार उनले  ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि ट्रोल भएकी थिइन् । उनी प्रवचनका लागि बेलायतबाट नेपाल आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते