२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गायक प्रकाश तिमिल्सिना आफ्नै कोठामा मृत भेटिए

२०८१, २७ श्रावण आईतवार ०६:०६

साउन २७, काठमाडौं |  गायक प्रकाश तिमिल्सिना आफ्नै कोठमा मृत भेटिएका छन्। 

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्। 

‘हामीलाई आज बिहान ५ बजेतिर खबर आएको थियो’, उनले भने, ‘उहाँ आफ्नै बेडमा मृत अवस्थामा फेला पर्नुभयो।’  


उनको मृत्यु के कारणले भन्ने अहिले खुलिनसकेको एसपी सुवेदीले बताए। 

‘मुखमा रगत र फिँज देखिएको छ’, एसपी सुवेदीले  भने, ‘अहिले मृत्युको कारणबारे केही पनि अनुमान गर्न सकिने अवस्था छैन।’

उनका अनुसार पोस्टमार्टमका लागि तिमिल्सिनाको शव पाटन अस्पताल लगिएको छ। ‘अब त्यसको रिपोर्ट आएपछि केही खुल्ला’, एसपी सुवेदीले भने। 

एसपी सुवेदीका अनुसार गायक तिमिल्सिना राति कोठामा एक्लै थिए। ‘उहाँको मेडम काम विशेषले विराटनगर जानुभएको रहेछ, उहाँसँग कुरा भएअनुसार उहाँलाई पर्खिनुपर्ने अवस्था छ’, उनले भने।   

दृष्टिविहीन गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी भएपछि सांगीतिक क्षेत्रमा उदाएका थिए। 

गायक तिमिल्सिनाले खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिनँ, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म आदि गीत गाएका छन्। यसबाहेक उनले धेरैवटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते