2026-07-07 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम

कमल रावल, कात्तिक १६, अछाम । अछाम जिल्लामा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम मात्रामा देखिएका छन । विगतका वर्षहरुमा विद्यालय, वाल क्लब, युवाक्लबले देउसि भैलो मार्फत सँकलीत रकम विभिन्य क्षेत्रमा सहयोगका लागी खर्च गर्ने उद्देश्य राखि देउसि खेल्ने गर्दथे ।

आफनो पुरानो कला सस्कृती पछिल्लो समय लोप हुदै जादा यसरी देउसि भैलोमा समेत कमि आएको जानकारले बताएका छन । पछिल्लो समय तिहारलाई जुवा तास खेल्ने, मदिरा सेवन गर्ने पर्वका रुपमा लिने गर्नाले समेत देउसि भैलो खेल्नेको सख्या कमि आईरहेको छ । यसवर्ष अछामको कालिका गाबिस, कुन्तिवण्डाली, ढाकु, सुतार गाबिसको देउसि भैलोको टिमले मात्र उद्देश्यका साथ देउसि खेलेका भेटिएको छ ।

खासगरि नेपालीहरुले मात्र खेल्ने देउसी भैलोमा नेपालीको आफ्नो मौलिक साँस्कृतिक परम्परा रहेको पाईन्छ । दाजुभाइ र दिदीबहिनी बीच आत्मीय सम्बन्ध प्रगाढ बनाउने तिहारमा खेलीने देउसि भैलो आफनै बिशिस्ट महत्व रहन्छ । बारीका काल्ला भरि ढकमक्क फुलेका मखमली र सयपत्रीको फूल, गाउँ शहर झिलिमिली र तिहारका बेला खेलिने देउसी भैलोले तिहारको वतावरणलाई झनै रमणीय बनाइरहेको हुन्छ ।

रातको समयमा गाउँशहर झिलिमिली हुने हुनाले पनि देउसी भैलो रातको समयमा खेल्नुलाई नै रमाइलो मानिन्छ र खेल्ने गरिएको छ । लक्ष्मीपूजाको दिन साँझपख घरघरमा लक्ष्मीपूजा नगरी भैलो खेल्ने त कुरै हुँदैन । देउसी भट्याउदा भनिने झिलिमिली झिलीमिली, केको झिलिमिली, बत्तिको झिलिमिली, आएका हामी त्यस्तै होईन, वलि राजाले पठाएका हुन जस्ता शब्दले देउसी बिशेष गरी रातिकै समयमा खेल्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने