2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला अदालतमा झन्झट मुक्त सेवा सुरु

भदौ ११,  पोखरा । कास्की जिल्ला अदालतले छिटोछरितो र झन्झटमुक्त सेवा सुरु
गरेको छ ।  ‘छिटो छरितो सेवाः हाम्रो प्रतिवद्धता’ नाराका साथ कास्की जिल्ला अदालतले सेवाग्राहिका लागि
झन्झटमुक्त सेवा सुरु गरेको हो ।

अदालतले नक्कल दिने, पेसी÷तारेख
तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा सकारनामा सम्बन्धि कार्य, मिलापत्र, पुनरावेदन फिर्ता,
तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन
दर्ता वा दरपिठ गर्ने, पेसी तारेख लगायत मुद्दाको कारवाही सम्बन्धि जानकारी सूचना लिनेदिने लगायतका काम
एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

छिटोछरितो झन्झटमुक्त सेवाको
सुरुवातले अदालतप्रति जनविश्वास बढ्ने र सेवाग्राहीले सहजता महशुस गर्ने कास्की जिल्ला अदालतका
स्रेस्तेदार दिनबन्धु बरालको विश्वास छ । अदालतमा रहेको सूचना कक्षलाई प्रभावकारी बनाउदै अदालत परिसरमा
अलमलमा परेका सेवाग्राहीलाई सम्बन्धित फाँटमा र शाखामा पु¥याउने  व्यवस्था समेत मिलाइएको स्रेस्तेदार
बरालले बताएका छन् । यो सेवाको प्रभावकारिताका सम्बन्धमा प्रत्यक महिना प्रतिवेदन तयार गरेर
प्रधानन्यायाधीशको सचिवालमा पठाइने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई