2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवदीपमा कविता वाचन तथा नेपाली श्रुतिलेखन

भदौ, पोखरा ।
पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रवार कविता
वाचन तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्राविस्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा
४ की कृषला गुरुङ प्रथम, कक्षा ५ का जीवन भुषाल द्वितीय तथा कक्षा ३ का आयोग बरालले तृतीय स्थान हासिल
गर्न सफल भए । प्रतियोगिताको निर्णायकमा नेपाली शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् ।

निम्न
माध्यमिक तहस्तरीय नेपाली कविता वाचन प्रतियोगितामा कक्षा ७ का सुजन भट्राई प्रथम, कक्षा ८ का सुवर्ण
भट्टराई द्वितीय र कक्षा ८ कै सुशील बस्नेतले तृतीय स्थान हासिल गर्न सफल भए । माध्यमिक तहको नेपाली
कविता वाचन प्रतियोगितामा कक्षा १० का सुशान्त भट्टराई प्रथम, कक्षा ९ का किरण बुढामगर द्वितीय र कक्षा
१० का सञ्जय गुरुङ तृतीय हुन सफल भए । प्रतियोगिताको निर्णायकमा शिक्षक अमृत घिमिरे, लक्ष्मण शर्मा तथा
शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् । शिक्षक सरोज खनाल तथा अमृत घिमिरेले संयुक्त रुपमा सञ्चालन गरेको
प्रतियोगिता छुनुमुनु बाल क्लवका अध्यक्ष अनिश परियारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अतिरिक्त
क्रियाकलाप प्रमुख अमृत घिमिरेले कविता वाचनमा पालना गर्नुपर्ने नियमहरु जानकारी दिँदै कविता वाचन सहित
सुरु गरेको कार्यक्रममा विद्यार्थी किरण बुढा मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै
विद्यालयकी प्रधानाध्यापक कौशल्या गुरुङले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले हरेक
शुक्रवार सहक्रियाकलप अन्तर्गतका कार्यक्रम जारी राख्ने बताइन् । विद्यार्थीको प्रतिभा उजागर गर्न
विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यस्ता कार्यक्रममा सक्रिया रुपमा सहभागिता जनाउन
विद्यार्थीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई