७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवदीपमा कविता वाचन तथा नेपाली श्रुतिलेखन

१२ भाद्र २०७२, शनिबार ०१:४१

भदौ, पोखरा ।
पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रवार कविता
वाचन तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्राविस्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा
४ की कृषला गुरुङ प्रथम, कक्षा ५ का जीवन भुषाल द्वितीय तथा कक्षा ३ का आयोग बरालले तृतीय स्थान हासिल
गर्न सफल भए । प्रतियोगिताको निर्णायकमा नेपाली शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् ।

निम्न
माध्यमिक तहस्तरीय नेपाली कविता वाचन प्रतियोगितामा कक्षा ७ का सुजन भट्राई प्रथम, कक्षा ८ का सुवर्ण
भट्टराई द्वितीय र कक्षा ८ कै सुशील बस्नेतले तृतीय स्थान हासिल गर्न सफल भए । माध्यमिक तहको नेपाली
कविता वाचन प्रतियोगितामा कक्षा १० का सुशान्त भट्टराई प्रथम, कक्षा ९ का किरण बुढामगर द्वितीय र कक्षा
१० का सञ्जय गुरुङ तृतीय हुन सफल भए । प्रतियोगिताको निर्णायकमा शिक्षक अमृत घिमिरे, लक्ष्मण शर्मा तथा
शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् । शिक्षक सरोज खनाल तथा अमृत घिमिरेले संयुक्त रुपमा सञ्चालन गरेको
प्रतियोगिता छुनुमुनु बाल क्लवका अध्यक्ष अनिश परियारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अतिरिक्त
क्रियाकलाप प्रमुख अमृत घिमिरेले कविता वाचनमा पालना गर्नुपर्ने नियमहरु जानकारी दिँदै कविता वाचन सहित
सुरु गरेको कार्यक्रममा विद्यार्थी किरण बुढा मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै
विद्यालयकी प्रधानाध्यापक कौशल्या गुरुङले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले हरेक
शुक्रवार सहक्रियाकलप अन्तर्गतका कार्यक्रम जारी राख्ने बताइन् । विद्यार्थीको प्रतिभा उजागर गर्न
विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यस्ता कार्यक्रममा सक्रिया रुपमा सहभागिता जनाउन
विद्यार्थीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक