2026-06-16 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संचारिका पश्चिमाञ्चलमा जमुना वर्षा दुर्गा भण्डारी सम्मानित

भदौं १५,
पोखरा ।
संचारिका समूह नेपाल पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो अधिवेशनले जमुना
वर्षा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वााचित गरेको छ ।

समूहको उपाध्यक्ष,
महासचिव, सचिव र कोषाध्यक्ष क्रमश विमला भण्डारी, कविता श्रेष्ठ, सावित्री गौतम र राधिका कँडेल
निर्वाचित भएका छन् । सदस्यहरुमा उमा आले, दुर्गा रानामागर, शोभा भण्डारी, बालकुमारी पौडेल९तारा०, रविना
ढकाल, कञ्चन थापा, सन्तोषी श्रेष्ठ, सम्पदा बास्तोला, सपना अधिकारी निर्वाचित भएका छन् । एक सदस्य पछि
मनोनयन गर्ने अध्यक्ष वर्र्षाले बताइन् ।

unnamed
(5)

संचारिका समूह पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो
अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य ।

 

दुर्गा
भण्डारीको संयोजक, दीपेन्द्र श्रेष्ठ र विनिता नेपाली सदस्य रहेको गठित अध्यक्ष मण्डलले निर्वाचनको
कार्यक्रम सम्पन्न गरेको थियो । नवनिर्वाचित अध्यक्ष वर्षाले बुधबार नै बैठक बसेर कार्यक्रम तय गर्ने
बताइन् ।

पत्रकार महिलाको क्षमता र नेतृत्व विकासका लागि आफूले काम गर्ने उनले प्रतिवद्धता
जनाएकी छन् । वर्षा पोखराबाट प्रकाशित पोखरा एक्सप्रेसकी सम्पादक हुन भने महिला खबर डट कम र रेडियो
जननीसंग आबद्ध छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले
समयक्रमसंगै पत्रकार महिलाको संख्या बढ्दै जानु सकारात्मक भएको बताए । कतिपय विषयवस्तुको रिपोर्टिग
पुरुषले गर्दा पुरा नहुने भन्दै अब जनसंख्या जस्तै पत्रकार महिलाको संख्या पनि ५० प्रतिशत हुनुपर्ने
बताए । महिलाहरु पत्रकारितामा आउने र छिटै पलायन हुनेक्रमलाई रोक्नुपर्नेमा उनको जोड थियो

unnamed (4)


संचारिका समूह पश्चिमाञ्चलको मंगलबार पोखरामा आयोजित चौथो अधिवेशन उद्घाटन समारोहका सहभागी

पत्रकारिताको विकास र संचारिका समूहको संगठनात्मक विकासमा योगदान पुर्याएको भन्दै
संचारिका समूह पश्चिमाञ्चलकी संस्थापक अध्यक्ष दुर्गा भण्डारीलाई सम्मान गरिएको थियो । गुरुग
ब्युटिपार्लरकी संचालक चिनु गुरुगले स्थापना गरेको अक्षयकोषबाट पहिलोपटक भण्डारीलाई १० हजार एक सय ११
रुपैयाँ सहित सम्मान गरिएको हो ।

पत्रकार महासंघका कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले
पत्रकारितको विकाससंगै पत्रकारको आर्थिक अवस्था सुधार हुन नसकेको बताए । सो अवसरमा अक्षयकोषमा सहयोग
गर्ने चिनु गुरुग र कमला प्रधानलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका
केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डे अक्षयकोषदाता द्वय गुरुग र
प्रधानले शुभकामना व्यक्त गरेका थिए ।

संचारिका समूह पश्मिाञ्चल अध्यक्ष बसन्ती वास्तोलाको
सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव विमला भण्डारी र कोषाध्यक्ष कविता श्रेष्ठले प्रस्तुत गरेको
प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । अघिल्लो कार्यसमितिलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा
संस्थालाई सो अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन