2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लाका’ विद्यालयमा किशोरी मैत्री वातावरण

बिद्युत्मा रैका/कात्तिक २७, अछाम । पहिलेको तुलानामा अहिले अछाम जिल्लामा विद्यालयमा किशोरी मैत्री वातावरण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । 

शिक्षाको गुणस्तर वृद्धि गर्न तथा विद्यालयमा किशोरीहरुको क्षमता अभिवृद्धिका लागी सामुदायिक विद्यालयले अब नयाँ ढङबाट अगाडी जानु पर्ने बताएका छन । 

क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे अछामको आयोजनामा किशोरी मैत्री विद्यालयको वातारण सम्बन्धि शोडषा उच्च मावि मंगलसेनमा गरेको सण्डे क्लब अन्तर्गतको छलफल कार्यक्रममा शोडषा देवि उच्च माविका व्यवस्थापन समिती अध्यक्ष चन्द्रमणि भाटले विद्यालयमा अध्ययनरत किशोरीको क्षमता विकासको लागी विद्यालय व्यवस्थापन समितीले सधै रेखदेख गरिरहेको बताउनु भयो । 

आफुलाई विद्यालय भित्र रहदा कुनै पनि किसिमको समस्या आएका जुनै पनि किशोरीले आफ्ना समस्याका बारेमा कक्षा शिक्षक, महिला शिक्षक तथा गुनासो पेटिकामा आफ्ना समस्या सुझाव दिन सक्नेमा उहाँले जोड दिनु भयो । 

बिद्याथीको चाहना अनुसार नै आफु अगाडी बढ्ने हुदा निर्धक्क साथ आफुलाई परेको अफ्ठेरोका बारेमा विद्यालय प्रशासन संग वा व्यवस्थापन समिती संग जानकारी गराए तत्काल समस्या समाधानका लागी आफु जहिले तयार रहने उहाँले प्रतिवद्धता जनाउनु भयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले आफ्नो विद्यायलमा किशोर किशोरी माथी कुनै पनि विभेद नगरेको भन्दै किशारी मैत्री वातावरण रहेको बताउनु भएको थियो । घरायसि कामले गर्दा किशोरीको शैक्षिक क्षमता घट्दै गइरहेको प्रधानाध्यापक जोशीको भनाई छ । 

आफुले किशोरीहरुलाई अगाडी ल्याउन खोजे पनि विश्लेषण गर्ने, तर्क गर्ने, सामान्यीकरण गर्ने, आफ्ना दृष्टिकोण र तर्कलाई पुष्टि गर्ने र एक परिवेशमा सिकेका कुरालाई स्थानान्तरण गर्ने कुरामा किशोरी कमजोर देखिएका उहाँले बताउनु भयो । 

यस्ता कमजोरीलाई सुधार्नका लागी विद्ययाल प्रशासनले मात्रै नभई अभिभावकको पनि महत्वपूर्ण साथ रहने प्रअ जोशीको भनाई छ । सौचालयमा पानी भए पनि प्रयोग गर्ने भाडा तथा डस्टबिन नहुदा आफुलाई सौचालय प्रयोगका लागी समस्या रहेको सहभागी किशोरीहरुको भनाई थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका प्रतिनिधी शिक्षक तरक बहादुर रावल, शंकर रावल, महिला शिक्षक सरिता साउँद, गिता ढुङगाना लगाएत डब्लुडब्लुजे अछामका पदाधिकारीको सहभागीता रहेको थियो । 

अध्यक्ष पूजा शाहीको अध्यक्षतामा भएको कायक्रमको सहजिकरण सचिब बिद्युत्मा रैकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश