2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मानव वेचविखन विरुद्ध सचेतनाका लागि समन्वय समिति गठन

जीवन
सुवेदी भदौ १९, पोखरा ।
  मनव बेचविखन विरुद्ध स्थानीय समुदायस्तरमा सचेतना जगाउने उद्देस्यले
वडा प्रहरी कार्यालय रामबजार, १५ नं वडा कार्यालय पोखरा, स्थानीय समुदाय र थ्रि एन्जल्स नेपालबीच समन्वय
समिति गठन गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा वडा प्रहरी कार्यालय रामबजारका प्रमुख केशव
बस्नेतको संयोजकत्वमा ११ जना सदस्य रहेको तदर्थ समिति गठन गरिएको हो । समितिमा दुई सदस्य पछि मनोनित गरी
१३ सदस्यीय पुर्याईने जनाईएको छ । गठीत समितिको सह संयोजकमा वडा महिला समन्वय समितिका अध्यक्ष पार्वती
कार्की र सदस्यसचिवमा थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा राजेन्द्रकुमार गौतम रहनुभएको छ

pokhara
news

समितिको सदस्यहरुमा वडा
सचिव सोमलाल लम्साल, वडा नागरिक मञ्चका संयोजक ललित भण्डारी, टोल विकाश समन्वय समितिका संयोजक प्रकाश
पौडेल, स्यानीपाटन आमा समूहका प्रतिनिधि गीता भण्डारी, नेपाल रेडक्रस सोसाईटी रामबजार शखाका सभापती कमल
प्रसाद पौड्याल, सृजना चर्च आमा समूहका प्रतिनिधि कल्पना थापा, चौतारी माछापुच्छ«े ‘क’ समूहका प्रतिनिधि
मनु थापा, दुर्गा महिला समूहका सेतीमायाँ गुरुङ रहनुभएको छ । समितिमा अपाङ्गताको प्रतिनिधित्व र बाल
क्लबको प्रतिनिधित्व समेत गराईने बताईएको छ ।

कार्यक्रममा
बोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी प्रमुख केशव बस्नेतले मानव बेचविखनको स्वरुप परिवर्तन
भईरहेको बेला गठीत समितिले समुदायस्तरसम्म चेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले
दलालहरु हम्रै टोल छिमेकमा रहेका आफन्त पनि हुनसक्ने र उनीहरुका शंकास्पद गतिविधि प्रहरीलाई जानकारी
गराउन नागरिकको ठूलो भूमिका हुने बताउनुभयो । बैदेशिक रोजगारी, नर्तकी, र विभिन्न जोखिमयुक्त काममा
लगाउन मानव बेचविखन भईरहेको र त्यसलाई केही राजनीतिक दलको आवरणमा रहेका व्यक्तिहरुले समेत संरक्षण गर्ने
गरेको उहाँको भनाई थियो । समुदाय जागृत भएर प्रहरीलाई सहयोग गरेमा जस्तोसुकै अपराधी पनि प्रहरीले पक्राउ
गर्न सक्षम हुने उहाँले बताउनुभयो ।

सो अवसरमा थ्रि एन्जल्स
नेपालका कार्यकारी निर्देशक डा राजेन्द्र गौतमले वर्षेनी १८÷२० हजार नेपालीहरु भारतका विभिन्न शहरमा
बेचिने गरेको तथ्यांङ्क प्रस्तुत गर्नुभयो । बेच विखनमा पर्नेहहरुमध्ये ८७ प्रतिशत आफन्तबाटै बेचिने
गरेको जानकारी दिँदै उहाँले एकल महिला, किशोरी, र सम्बन्ध विच्छेद गरेका महिलाहरु बेचविखनको उच्च
जोखिममा रहेको बताउनुभयो । महामारीको रुप लिँदै गएको मानव बेचविखन अपराध कम गर्न समुदायबाटै पहल गर्न
सकिने उहाँको ठम्याई छ ।

१५ नं वडा कार्यालय रामबजारका सचिव
सोमनाथ लम्सालले विश्वमै मानव बेचविखनको समस्या उच्च बन्दै गएको अवस्थामा नेपालमा व्यप्त अशिक्षा,
बेरोजगारी र गरिविका कारण हुने वेचविखनको अन्त्य गर्नका लागि सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो

कार्यक्रममा महिला समन्वय समितिका संयोजक पार्वती कार्की, वडा
समन्वय समितिका संयोजक प्रकाश पौडेल, वडा नागरिक मञ्चका अध्यक्ष ललित भण्डारी, रेडक्रसका कमल प्रसाद
पौडेल लगायतले मानव बेचविखनको जोखिम न्यूनिकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो

थ्रि एन्जल्स नेपालका वित्त निर्देशक मदन थापाले स्वागत
मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका बालबालिका प्रमुख भीम प्रसाद पौडेलले
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक