2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा उपत्यका बृहत सफाइ अभियान जारी, ५ टन फोहोर संकलन

कात्तिक २७, पोखरा । पोखरामा जारी २४ औं हप्ताको सफाइ अभियान सफलताका साथ म्पन्न भएको छ । नालामुखस्थित गणेशमानसिंह चोकदेखि तेर्सापट्टी, पालिखेचोक हुँदै नदीपुरस्थित वडा समितिको कार्यालयसम्म सफा गर्दै करिब ५ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं तेर्सापट्टी टोल विकास संस्थाका उपाध्यक्ष रजनी श्रेष्ठले जानकारी दिइन् ।

सफाइ अभियानका क्रममा दुर्गन्धित नाली सफा गर्नुका साथै सडकपेटी छेकेर पसल राख्ने व्यापारीहरुलाई सचेत गराउने, प्लाष्टिक झोला बिक्री वितरण तथा प्रयोग नगर्न समेत आहवान गरिएको सामाजिक अभियन्ता अञ्जु केसीले बताइन् । यसअघि सहभागीलाई सामाजिक अभियन्ता एवं नेपाली कांग्रेस पोखरा नगर सभापति वजिरमान श्रेष्ठले सपथ खुवाएका थिए ।

सफाइ अभियानका लागि समाजसेवी प्रकाशमान उदासले २ सय जोर ग्लोब र मास्क, पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली सेना र वडा प्रहरी कार्यालय, बगरका सुरक्षाकर्मी, स्थानीय आमा समूह, टोलबासी,नगरपालिकाका कर्मचारीलगायत सामाजिक अभियन्ताको उपस्थिति रहेको वडा नं. ३ का वडासचिव सविता बास्तोलाले जानकारी दिइन् ।

सहभागीलाई सरसफाइ शाखाका अधिकृत चूडामणि तिवारीले धन्यवाद ज्ञापन गरेका थिए । २५ औं हप्ताको सफाइ कार्यक्रम नालामुखस्थित गणेशमान सिंहचोकदेखि गणेशस्थान मन्दिरतर्फ हुने सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई