2026-06-17 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा क्रिकेट: अल इन वान र स्याङ्गजा युनाइटेडको विजयी शुरुवात

भदौ १९, पोखरा
 पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ को शनिवार विधिवत उद्घाटन भएको
छ । क्लवका सल्लाहकारहरु डा.उमानाथ बराल, तेजनारायण अधिकारी, उज्वल खत्री र सरोजनारायण बरालले संयुक्त
रुपमा नवौं पोखरा पिस क्रिकेट कपको व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

शनिवार भएको उद्घाटन खेलमा अल इन वान क्रिकेट क्लवले प्mयूचर स्टार क्रिकेट क्लवलाई १०
रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको अल इन वानले निर्धारित २० ओभरमा २
विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल तयार पारेको थियो । अल इन वानका लागि निश्चल पाण्डेले ७० बलमा
१ सय १० रनको अविजित पारी खेलेका थिए ।

१ सय ८५ रनको लक्ष्य
पछ्याउने क्रममा फ्यूचर स्टारका भीम पुनको ६० बलमा अविजित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन मात्र
जोड्न सकेको थियो । २ विकेट सहित अल इन वानका निश्चल पाण्डे उक्त खेलका म्यान अफ दी म्याच घोषित भए

शनिवार नै भएको दोस्रो खेलमा स्याङ्गजा युनाइनेड ब्वाइज
क्रिकेट क्लवले आयोजक पोखरा पिस क्लव बी लाई ५ विकेटले पराजित गरेको छ । आयोजक बी का कप्तान अनिल केसीले
टस जितेर व्याटिङ्ग रोज्ने निर्णयलाई स्याङ्गजा युनाइटेड ब्वाइजले गलत सावित गर्दै १७.५ ओभरमा आयोजक
क्लवलाई ९८ रनमा समेटेको थियो ।

आयोजक बी का तर्फबाट अश्विन
अधिकारीले १६ वजलमा १८ रन र संगित थापाले ३२ बलमा १७ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ स्याङ्गजा
युनाइटेड ब्वाइजका विश्व थापाले ३ विकेट, अशोक र सगुनले २।२ विकेट लिन सफल भए ।

९९ रनको झिनो लक्ष्य पाएको स्याङ्गजा युनाइटे ब्वाइजले विरु गुरुङ्गको २२ बलमा अविजित
३५ रनको मद्दतले १०.१ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजा युनाइनेड ब्वाइजका विश्व थापा उक्त
खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

म्यान अफ दी म्याचको
पुरस्कार प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक भोजराज बराल र किसान जागरण बहुमुखी सहकारी संस्था
लि.का सचिव शिव प्रसाद बरालले वितरण गरेका थिए ।

भदौ २६ गतेसम्म
संचालन हुने उक्त प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजे वेष्टन
क्रिकेट क्लव बाग्लुङ्ग र पोखरा क्रिकेट क्लवका बीच तथा दोस्रो खेल दिउँसो १:०० बजे पोखरा वारियर्स
क्रिकेट क्लव र रामबजार ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य राजेन्द्र बरालले जानकारी
दिए । प्रतियोगिता मालेपाटनको खेलमैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ