2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपालको पहिचान प्रकृति र संस्कृति: योगी

भदौ २०, पोखरा । संस्कृतिविद् चिन्तामणि योगीले नेपालको पहिचान भनेकै यहाँका
प्रकृति र संस्कृति भएको विचार व्यक्त गरेका छन् ।

श्री कृष्ण
जन्माष्टमीको अवसरमा सनातन धर्म सेवा समिति कास्कीको मुल आयोजना र श्री राम मन्दिर संरक्षण समितिको
सहआयोजनामा शनिबार आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै योगीले भन्नुभयो–विश्वमा केवल ३ वटा राष्ट्रले
मात्र आफूलाई धर्मनिरपेक्ष राष्ट्र भनेर चिनाएका छन् भने ७४ वटा इशाईराष्ट्र र ४९ वटा मुस्लिमराष्ट्र
छन् ।

हिन्दु राष्ट्र हुदाँ नेपालमा जातिय र क्षेत्रीय सदभाव
कायम भएको वास्तविकता स्वीर्कादै योगीले भने– नेपालमा जातिय र क्षेत्रीय विवादको मुलकारण नै धर्म
निरपेक्ष राष्ट्र हो ।

कार्यक्रममा कायममुकायम क्षेत्रीय
प्रशासक दिवाकर बास्तोलाले धार्मिक पर्वहरुले नै सद्भाव वढाउँछ भन्नु भयो । कार्यक्रममा धर्म संस्कृति र
समाजिक सद्भावका लागि सक्रिय अग्निहोत्री केदारनाथ उपाध्याय, रामलाल सुनार रसाइली र शारदा पराजुलीलाई
चिन्तामणि योगीले सम्मानपत्र प्रदान गरेका थिए ।

सनातन धर्म
सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूको अध्यक्षतामा भएको उक्त सभामा विश्व हिन्दु महासंघका
राष्ट्रिय उपाध्यक्ष वेदनिधि शर्मा, सम्मानित व्यक्तित्व रामलाल सुनार, राम मन्दिर संरक्षण समितिका
पूर्व अध्यक्ष रामजिप्रसाद कोइराला, बह्माकुमारी सुधा, महात्मा राजराजेश्वरी लगायतका वक्ताले बोल्नुभएको
थियो ।

यस अघि पशुपतिनाथ मन्दिर सिमलचौरबाट बाजागाजा, झांकी
सहितको भव्य जन्माष्टमी शोभायात्राले नगरको प्रमुख भाग परिक्रमा गरी राममन्दिर परिसरमा पुगि धार्मिक
सभामा परिणत भएको थियो ।

नेपाल राष्ट्रिय खड्गी समाज
कास्कीका अध्यक्ष सोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालय बगरका प्रमुख मञ्जुबहादुर
बस्नेत, वडा प्रहरी प्रमुख अमर थापा, महासचिव विकल शाही लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक