२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

महिलालाई अधिकार दिने सवालमा पुरुषहरु संकिर्ण : सभासद पौडेल

२०७२, २१ भाद्र सोमबार ०८:२०

भदौ २१, पोखरा । सभासद सारदा
पौडेलले जात, धर्म, वर्ण र क्षेत्रका आधारमा नेपाली समाजलाई विभाजन गराएर संविधान बन्न नदिने षड्यन्त्र
भएको बताएकी छन् । नेपाली पहिचान बिर्सनु नहुनेमा जोड दिँदै उनले सदियौँदेखिको सामाजिक सद्भाव कसैले
उक्साउँदैमा नभत्किने दावी पनि गरिन् ।

पोखरा उद्योग
वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समितिले आयोजना गरेको महिला उद्यमी मेला–२०७२ को आइतबार आयोजित
समापनको अवसरमा बोल्दै उनले संविधानको मस्यौदामा महिलालाई पर्याप्त अधिकार नदिइएकोमा गुनासो गरिन् ।
आफूसँगै १ सय ७३ जना महिला सभासद्हरुले उठाएका मागहरु संवोधन नभएकोमा दुखेसो गर्दै उनले महिलालाई अवसर
प्रदान तथा अधिकार दिने सबालमा पुरुष सभासदहरु संकिर्ण भएको आरोप समेत लगाइन् ।

dance
‘यहाँ पैसा कमाउनेको मूल्याङ्कन हुन्छ, घर धान्नेको महत्व बुझेको खै
?’, उनले प्रश्न गर्दै भनिन्‘ महिलाको योगदानको मूल्याङ्कन नभएसम्म राष्ट्र अगाडि बढ्दैन ।’


कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले
महिला उद्यमशीलताको विकासले महिलालाई आत्मनिर्भर बनाउने मात्र हैन, देशको अर्थतन्त्र माथि उकास्न पनि
योगदान दिने बताए । उनले बन्द र हड्ताल संस्कृतिको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको
अभियानलाई सघाउन सबैसँग आग्रह गनि गरे । अंचल प्रहरी कार्यालय गण्डकीका प्रमुख एसएसपी बलराम शर्माले
महिला र पुरुषबीचको आर्थिक असमानताले घरेलु हिँसा बढेको जानकारी दिँदै कमाउने महिलाले सम्मान र सुरक्षा
दुबै प्राप्त गर्ने धारणा राखे ।

tokan
अग्रणी उद्यमी रामकली खड्काले
हस्तकलाको काम महिलाको लागि उपर्युक्त पेशा भएको बताउँदै हस्तकलाको काममा लागेपछि साथी पनि बढ्ने पैसा
पनि कमाइने जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी अध्यक्ष विन्दु
कोइराला सुवेदीले महिलाहरु उद्यमशीलता बढाउन आयोजना गरिएको मेलालाई सघाउने सबैलाई धन्यवाद दिँदै
उद्यमशीलता विकासको लागि निरन्तर लागिरहने बताइन् ।

महिला
मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरिता थापाले कानूनमै महिला अधिकार सुनिश्चित भए मात्र महिला
अगाडि बढ्न सक्ने धारणा राखिन् । महिलाहरु सवल भए हिँसा कम हुने उनको धारणा थियो ।

तीनदिन सम्म आयोजना भएको मेला समापनको अवसरमा पोखरा उद्योग वाणिज्य संघका
सल्लाहकार सुरेशराज राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य सीता गुरुङ, महिला उद्यमी
चिनु गुरुङ,खहरे आमा समूहकी उपाध्यक्ष मैया थापा, उद्यमी सीता बराल लगायतले मन्तव्य राखेका थिए

आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता भन्ने नाराका
साथ आयोजना भएको मेलाले महिलाहरुद्धारा उत्पादित बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, महिलाहरुबीच
अनुभव आदानप्रदान, महिलाको आत्मवल बढाउने लगायतका उदेश्यहरु राखेको थियो । मेला उदेश्यमा सफल भएको महिला
उद्यमी विकास समितिका अध्यक्ष विन्दु कोइराला सुवेदीले बताइन् ।


यता मेलाको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा नारी उत्थान महिला समूह प्रथम भयो
। कुल १८ वटा समूहहरुले प्रतिष्पर्धा गरेकोमा दोस्रो स्थान नमूना आमा समूह, तेस्रो स्थानमा विश्वकर्मा
आमा समूह र सात्वना स्थान जाल्पादेवी आमा समूहले प्राप्त ग¥यो ।

विजेता टिमले प्रमाणपत्रसहित क्रमशः२० हजार,१५ हजार १० हजार र ५ प्राप्त गरे । महोत्सव अवधिभर
सहभागी टिममा भने दृष्टिविहीन समूह पहिलो बन्दै नगद २ हजार प्राप्त ग¥यो । दोस्रो स्थान वडा समन्वय
समिति पोखरा –१८ले प्राप्त ग¥यो भने तेस्रो स्थान प्राप्त गर्ने जगदम्बा आमा समूह र सान्त्वना हुने
अनन्त सामुदायिक केन्द्रले क्रमशः१ हजार र ५ सय रुपैयाँ प्राप्त गरे ।


यता मेला अन्तर्गत नै आयोजना गरिएको नेल( नङ) आर्ट प्रतियोगितामा सुनिता गुरुङ पहिलो र
पवित्रा विक दोस्रो भए । हेयर स्टाइलमा पूजा गुरुङ पहिलो, प्रमिला गुरुङ दोस्रो र रिता मगर तेस्रो भए ।
गुरुङ हर्वल ब्यूटी इन्टिच्यूटको व्यस्वस्थापन र वरिफ्लेम कष्मेटिक पश्चिमाञ्चल निर्देशक दीपा केसीको
प्रायोजन रहेको प्रतियोगितका विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाए ।


यसैगरी महोत्सवमा कृतिम फूल बनाउने प्रतियोतितामा सविता पुन पहिलो, गोमा शर्मा दोस्रो,
यसोदा चापागाईँ तेस्रो भइन् । पोखरा मन्टेश्वरी एण्ड मल्टिपल इष्टिच्यूटको प्रायोजन र स्वस्तिक हस्तकला
उद्योगको व्यवस्थापन भएको प्रतियोगिताका विजेताहरुले क्रमशः २ हजार, १५ हजार र १ हजार रुपैयाँ पुरस्कार
प्राप्त गरे ।

फोटो : मेला समापनको अवसरमा नाच्दै सभासद
सारदा पौडेल ।
मेला आयोजक महिला उद्यमी विकास समितिकी अध्यक्ष विन्दु कोइराला सुवेदी सभासद सारदा
पौडेललाई मायाको चिनो प्रदान गर्दै ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन