2026-06-20 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राजमार्गको सवारी दुर्घटना रोक्न स्वस्ति शान्ति

2016-11-14

कात्तिक २९, पोखरा । पृथ्वी राजमार्गको विजयपुर देखि कोत्रेसम्मको क्षेत्रमा वढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न विजपुरका स्थानियवासीहरुले वाटोको विचमा पुजा मण्डप वनाई स्वस्ति शान्ति गरी जलार्पण गरेका छन् ।

सवारी चापका कारण दुर्घटनावाट मृत्यु भएका ब्यक्तिको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभ र आगामी दिनमा कुनै पनि प्रकारका सवारी दुर्घटनामा परी कोही कसैले पनि अकालमा ज्यान गुमाउन वा अपाङग हुन नपरोस भन्ने कामना गर्दै स्वस्ति शान्ति गरिएको हो ।

जागृती आमा समुह लेखनाथ ५ बिजयपुर,विजयपुर महिला समुह र शान्तिमार्ग टोल विकास सस्था लगाएत स्थानीयवासीको सहयोगमा संगम नगर देखि विजपुर खोलासम्म कलश यात्रा सहित बाटोमा जलार्पण गरिएको जागृती आमा समुहकी अध्यक्ष मिना श्रेष्ठले जानकारी दिएकी छन् ।

पुजाको कर्ताको रुपमा स्थानीय चित्र बहादुर केशी रहनु भएको थियो भने पुजारीको रुपमा संकर अधिकारी र नन्दलाल पौडलले सहजीकरण गर्नु भएको पुजाबाट राजमार्गमा सवारी दुर्घटनामा कमी आउन सक्ने विश्वास पुजा ब्यवस्थापन समितिका संयोजक देवी पराजुलीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ