2026-07-11 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दोस्रो जननी तिज विशेष हस्तकला व्यापार मेला सुरु

भदौ २२, पोखरा /
“दोस्रो जननी तिज विषेश हस्तकला व्यापार मेला–२०७२” सोमबार देखि पोखरा सभागृहमा सुरु भएको छ । “आर्थिक
समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता” भन्ने मुल नाराका साथ पद्मावती मिडिया प्रा.लि द्वारा
सञ्चालित रेडियो जननी ९०.६ ले आयोजना गरेको ३ दिने मेलाको प्रमुख अतिथीद्धय सभासद् शारदा पौडेल र वृन्दा
रानाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

teej mela
कार्यक्रममा बोल्दै सभासद् शारदा पौडेलले
महिलाको अधिकार सुनिश्चित गर्ने महिलामैत्री संविधान आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । संविधान आउदा
सबै अधिकारहरु एकैचोटी समेट्न नसके पनि त्यसलाई परिमार्जित गर्दै जादा भोलिका दिनमा हामीले चाहेको
महिलामैत्री संविधान आउने उँहाले बताउनु भयो ।

विभिन्न
समस्या र चुनौतीको सामना गर्दै सामाजिक, राजनितिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि अब
महिला निर्णायक भूमिका खेल्ने ठाँउमा पुग्नुपर्नेमा जोड दिदै सभासद् पौडेलले समाज भनेको समान भएकाले
तीजलाई समान र मर्यादित रुपमा मनाउन आग्रह पनि गर्नुभयो ।


अर्का प्रमुख अतिथी सभासद् वृन्दा रानाले संविधानको प्रस्तावित विधेयकमा महिलाका केहि हक
समेटिए पनि सबै पदहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व माग गरिए पनि त्यो व्यवस्था हुन नसकेको बताउनु
भयो । प्रदेश सीमांकनको विरोध गर्दै आन्दोलनमा रहेका मधेशवादी दलहरुलाई सडकमा नभई सदनमा आफ्ना मागहरु
प्रस्ताव गरि छलफल र संवाद बाटै निकष्र्ष निकाली संवैधानिक रुपमा व्यवस्था गर्न पनि सभासद् रानाले आग्रह
गर्नुभयो ।

एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक
कोइरालाले समाज र देशको निर्माण र विकासका लागि र उद्यमशीलताका लागि महिलाहरुको भूमिका निकै महत्वपूर्ण
रहेको भन्दै मूल्याङकन गर्न नसकिने बताउनु भयो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैै रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले
उद्यमशीलताको प्रवद्र्धन र विकास लागि रेडियो जननीले स्थापनाकाल देखि नै विभिन्न सीपमुलक तालिम र
कार्यक्रम गर्दै आएकोमा रहेक व्यक्तिमा सीप हुनुपर्दछ र उद्यमी बन्ने प्रयास गर्नुपर्दछ भन्ने सोचका साथ
तीजको अवसरमा प्राकृतिक विपत्तीमा उद्यमशीलता विषयक तीज गित प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता,
ज्योति कात्ने प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।


रेडियो जननीका स्टेशन म्यानेजर एवम् मेला संयोजक विमला भण्डारीले रेडियो जननीले
उद्यमशीलता प्रवद्र्धनका साथै विभिन्न चाडपर्व र संस्कृतिको जर्गेना गर्नका लागि विविध कार्यक्रम गर्दै
आएकोमा तीजको अवसरमा उद्यमशीलतामा महिलाहरुको गुणात्मक सहभागिता बढाउने उद्देश्यले मेला आयोजना गरिएको
बताउनु भयो ।

वरिष्ठ पत्रकार नारायण कार्कीले रेडियो जननीले
महिलाहरुमा उद्यमशीलता विकास लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोे र महिलाहरुको हकहित र उत्थानको
लागि प्रयास गर्दै आएकोमा निकै सह्रानिय रहेको बताउनु भयो । पोखरा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष
कृष्णमोहन श्रेष्ठले जबसम्म नागरिकहरुमा उद्यमशीलता विकास हुदैन तबसम्म राष्ट्रले विकास गर्न नसक्ने
बताउनु भयो ।

रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको
सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, मेलाका मुख्य प्रायोजक
पपुलर आर्युवेद सेन्टरका वैद्य कृष्ण राउत, नमुना आदर्श आमा समूहका अध्यक्ष कालिका थापाले मेला भव्य र
सभ्य रुपमा सम्पन्न होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
मेलाको पहिलो दिन सोमबार टपरी गाँस्ने र
ज्योति कात्ने प्रतियोगिता भएको थियो ।

ज्योति कात्ने
प्रतियोगितामा ४८ जना महिलाहरु सहभागि भएका मध्ये १० जना अन्तिम चरण लागि छनोट भएका छन् । छनोट हुनेमा
तुलकुमारी, सरिता श्रेष्ठ, उजेली महर्जन, राधिका ढुङ्गना, देवी केसी, पर्वती पौडेल , दुर्गा देवी, पद्मा
आर्चाय, मिरा श्रेष्ठ, पार्वती चालीसे रहेका छन् ।

यस्तै
टपरी गाँस्ने प्रतियोगितामा ३२ जना महिलाहरुको सहभागीता रहेकोमा १२ जना अन्तिम चरणको लागि छनोट भएका छन्
। छनोट हुनेहरुमा निरमाया गिरी, अमृता काफ्ले, तारा राना, ज्योति कुंवँर, टिका थापा, मिना भण्डारी,
शारदा भण्डारी, अनिता केसी, पर्वती पनेरु, यमुना पहारी, बिष्णु माया पुन, पर्वती चालिसे रहेका छन् ।
अन्तिम चरणमा पुगेका टपरी गास्ने र ज्योति काट्ने प्रतियोगी हरुको प्रतियोगिता २३ गते हुनेछ ।


मेलामा लोक तथा दोहोरो गायकगायिका चन्द«ा कार्की, ज्योति लोहोनी,
रामजी पौडेल , कृष्ण सुवेदीले गायन प्रस्तुत गरेका थिए भने सुर्यदय कला केन्द र संगीता सुनारले नृत्य
प्रस्तुत गरेका थिए ।

मेलाको दोस्रो दिन मंगलबार तिज गीत
प्रतियोगीताका कलाकारहरुको प्रस्तुती रहनेछ । भदौँ २३ गतेसम्म चल्ने मेलामा हस्तकला सम्बन्धी सामाग्री र
तिज विशेष सामाग्रीहरुको बिक्री तथा प्रदर्शनी रहेको छ ।


मेलाको मुख्य प्रायोजकमा पपुलर आर्युवेद सेन्टर गिरिजाचोक तेर्सापट्टी पोखरा,
उपप्रायोजकमा एसियन थाई फुड्स प्रालि, प्रायोजकमा मंगलदिप अगरबत्ती, सह–प्रायोजकमा रेड बुल रहेका छन् ।
जिल्ला विकास समिति कास्की र पोखरा उपमहानगरपालिका सहयोगी संस्था र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको
रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट