Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माओवादीले घर भित्र्याई दिएकी दलित युवतीलाई अरुले अलपत्र पारे

By kit 5 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका  सदियौ देखि शोषण दमनमा परेका जनताको पक्षमा हुन्थे ।

२०६२ साल अजोज महिनामा गुल्मीको दर्लिङ्ग गाविसमा मगर समुदायका युवा रोम घर्तिको गर्भधारण गरेकी उमा परियार उनले घर भित्राउन अस्वीकार गरे पछि मोओवादीको शरणमा पुगिन  । पछि २०६५ साल बैशाख १९ गते बजा बजाएरै  माओवादीले उमालाई रोम घर्तिको घरमा भित्राई दिएको थियो । सयौं शोषित पिडितहरुले ताली पिटेका थिए  ।

उमा रोमको घरमा डेढ वर्ष सम्म वसी रहेको बेला राजनीति सुरु भयो । माओवादीको उक्त जनवादी कार्यलाई धोती लगाउने चलखेल गर्न थालियो । उमा भन्छिन –‘त्यसरी माओवादीले न्याय गरी रहेका वेला रोमको परिवार शान्ति प्रकृया पछि अर्को राजनैतिक दलको शरणमा पुग्यो ।अन्ततः मलाई घर बस्न नदिए पछि म अदालतको शरणमा आएँ ।

जिल्ला अदालत गुल्मीले मलाई न्यायकै पक्षमा फैसला गरी दियो ।’  उनि थप्छीन् –‘मासिक ५ हजार पालन पोषण खर्च र रोमका नामबाट मेरो नागरिकता पनि दिलायो । नेपाली सेनमा कार्यरत रोम मासिक ५ हजार दिन मञ्जुर पनि भए । २७ महिना सम्म उक्त रकम पनि बुझे् ।  त्यो विपक्षी एक पार्टीलाई शैय भएन र म माथी जालझेल गरिएदैं भएको छ । ’

त्यस पछि रोमले कुनै एक राजनैतिक दलकै आडमा उक्त रकम पठाउन बन्द गरेको उमाको ठम्याई छ । ११ वर्षका सन्तान भई सक्दा समेत  उनी अलपत्र छन् । फेरी पनि उनि  जिल्ला अदालत कै शरणमा पुगेकी छिन् ।  तर पनि न्याय पाउन सकेकी छैनन् । उमा नेपाली सेना भित्रको न्यायिक विभागमा पनि पुगिन ।

‘सेना भित्रको महिला सेल मेरो न्यायको पक्षमा उभिएको थियो’– उमाले भननि–‘तर  रोमले अदालतमा मुद्धा चलेको छ किन मैले पैसा भर्ने यसलाई भन्दै करायो र अदालतको अर्को फैसला कुरेर बसेकी छु । ’ उमा रोम घर्ति कर्यरत सल्यानमा रहेको भैरवप्रसाद गणमा पनि धेरै पटक धाईन् । यसरी ११ वर्ष देखि विभिन्न स्थानमा धाउँदा पनि न्याय नपाएर थकिथ उनि राष्ट्रिय दलित आयोग कहाँ छ ? भन्दै ठेगना खोजेर बसेकी छिन् ।

अव उनको अन्तिम विकल्प भनेको त्यही राष्ट्रिय दलित आयोग नै बनेको छ । उमाको माईती गरिव छन् । त्यसलै अदालत आवत जावतको खर्च पुराउन उमाले सदरमुकाम तम्घास नजिकैको ढुङ्गा खानीमा गिटी कुट्नु प¥यो । गिटी कुटेरै उमाले छोरा पढाउनु परेको छ । उमाको पिर चिन्तामा उनकी आमाले आँशु खसाउनु वाहेक अरु केही उपाए नभएको बताउँदै यस समचारदाता अँस्ती उनको घरमा पुग्दा भक्कानो छाडेर रोईन्  ।