2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राप्रपा नेपाल समर्थक मुस्लिमहरु संगठित

मंसिर २९, पोखरा । राप्रपा नेपाल कास्कीले राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम
संगठन जिल्ला कार्यसमिति कास्कीको गठन गरेको छ । समितिको अध्यक्षमा रहीम बक्स मियाँ रहेका छन् ।
उपाध्यक्षमा नसुद्दिन मियाँ, सचिवमा याकुबद्दिन मियाँ, कोषाध्यक्षमा हनिफा मियाँ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा साबेदा खातुन, सखुरन मियाँ, ईनाम मियाँ, अब्दुल खालिक
मियाँ, रहिम मियाँ, सर्फराज मियाँ, ज्याक्सलिङ्ग मियाँ रहेका छन् । आइतवार आयोजित कार्यक्रममा बोल्दै
प्रमुख अतिथि राप्रपा नेपालका कास्की जिल्ला अध्यक्ष जयलाल पुनले देश चरम संकटमा फसिरहेको अवस्थालाई
मध्यजर गर्दै मुस्लिम समुदायले ऐक्यबद्दता जनाई संगठित हुनुभएकोमा बधाई तथा सुखद कार्यकालको कामना
गर्नुभयो ।

राष्ट्रियता बचाउने र जनतालाई सुसूचित गर्ने सबालमा
यहाँहरुको अग्रणी भुमिका रही पार्टीलाई चुस्त र दुरुस्त बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो
।

मुस्लिम समाजका केन्द्रीय सदस्य अमीर मियाँको अध्यक्षतामा
भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्षहरु भोलाजंग सुवेदी, बुद्धिमान दुरा ‘धम्पु’ प्रशिक्षण
विभागका केन्द्रीय सदस्य बरुणबिक्रम राणा, अञ्चल सचिव सूर्य बाँस्तोला, जिल्ला पार्टी सह सचिव रञ्जना
सेन पौडल, क्षेत्रीय अध्यक्ष गिता गुरुङ्, जिल्ला सदस्यहरु, रामेश्वर कोईराला, पुजा शाह, बिजुली गुरुङ्,
प्रेमबहादुर गुरुङ, महेश्वर आचार्य, ध्रुव गुरुङ्, फौदसिँह बस्नेत, राजीब बाँस्तोला, जिल्ला स्थित
नेताहरु, भातृ संगठनका प्रमुख तथा सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द