2026-11-01 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आहा रारा गोल्ड कपलाई सफल पार्न विभिन्न उपसमिति गठन

पुष ६,
पोखरा / 
१४ औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७२ लाई सफल पार्न विभिन्न
उपसमिति गठन भएको छ । “खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं
“ भन्ने नाराका साथ आउदो माग माघ ५ गते देखि १६ गतेसम्म पोखरा रंङ्गशालाको संञ्चालन हुने उक्त
प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन भएको क्लबका वरिष्ठ
उपाध्यक्ष एवं प्रतियोगिता संयोजक
केशब बहादुर थापाले बताए ।

विभिन्न उपसमितिहरुमा अर्थ संकलन
उपसमितिमा संयोजक मानार्थ सदस्य प्रकाश शेरचन, सहसंयोजकमा कोषाध्यक्ष बिश्वराज बराल, उपसंयोजक दिलिपराज
श्रेष्ठ, प्रचारप्रसार उपसमितिमा सल्लाहकार नारायण कार्की, सहसंयोजक सुरेन्द्र बहादुर थापा, उपसंयोजक
सुदर्शन रञ्जित, शान्ति सुरक्षा उपसमितिमा सल्लाहकार खेम बहादुर गुरुङ्ग, सहसंयोजक हरीराम गुरुङ्ग,
उपसंयोजक सुनिल गुरुङ्ग, खेल मैदान
पूर्वाधार निर्माण एंव ग्राउण्ड व्यवस्थापन उपसमितिमानार्थ सदस्य
महेश गुरुङ्ग, सहसंयोजक पूर्व उपाध्यक्ष रामजी कार्की,उपसंयोजक बिश्व तण्डुकार,आवास व्यवस्थापन उपसमिति
संयोजक सल्लाहकार गणेश बहादुर भट्टराई सहसंयोजक नवराज अधिकारी, उपसंयोजक तिलक क्षेत्री, सहभागी टिम
सम्र्पक उपसमिति संयोजक सल्लाहकार शम्भु कार्की, सहसंयोजक लिल बहादुर थापा, उपसंयोजक सोम बहादुर जोशी,
अतिथि सत्कार एवं स्वागत उपसमिति संयोजक पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार सभापति विक्रम थकाली रहेका
छन ।

त्यसै गरी सहसंयोजक मन बहादुर क्षेत्री (काजी) उपसंयोजक
रोजिना गुरुङ्ग,आयोजक टीम तयारी उपसमिति संयोजक सल्लाहकार टिका कार्की,सहसंयोजक राज कुमार
गुरुङ्ग,उपसंयोजक प्रल्हाद हिराचन,मञ्च व्यवस्थापन उपसमिति संयोजक कृष्ण बहादुर थापा,सहसंयोजक बिनु
राना,उपसंयोजक मिन गुरुङ्ग, अनुशासन एवँ प्राविधिकमा संयोजक सल्लाहकार आनन्द रञ्जित(केशब),स्वास्थ्य एवं
प्राथमिक उपचार उपसमिति डा.नारायण गौतम सहसंयोजक संस्थापक सचिब पूर्ण बहादुर गुरुङ्ग, उपसंयोजक
डा.रविन्द्र प्रसाद श्रेष्ठ, लियाजन क्षेत्र उपसमिति संयोजक सल्लाहकार तेज बहादुर गुरुङ्ग सहसंयोजक देवी
रिमाल,उपसंयोजक रामजी अधिकारी,शिल्ड मेडल ट्रफी तथा प्रमाण पत्र व्यवस्थापन उपसमिति संयोजक सल्लाहकार
सहारा यु.के.अध्यक्ष दिलिप कुमार गुरुङ्ग, सहसंयोजक पूर्ण बहादुर गुरुङ्ग,उपसंयोजक गोपाल के.सि.,यातयात
व्यवस्थापन उपसमितिसंयोजक एन कुमार शाही, सहसंयोजक रविन कुमार श्रेष्ठ, उपसंयोजक सोम बहादुर जोशी र
स्वयंम सेवक परिचालन उपसमितिमा संस्थापक अध्यक्ष बसन्त थकाली सहसंयोजक चित्र बहादुर पुन उपसंयोजक देवी
रिमाल रहेका छन । विभिन्न उपसमितिमा क्लबका आजिवन सदस्य, साधारण सदस्य समेत नियुक्त गरि काम
जिम्मेवारीको बाँडफाँड गरिएको अध्यक्ष विरभद्र आचार्यले बताए ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,रेडबुलको सह
प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद
परिषद/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति
कास्की/एन्फा,कास्की/ सहारा यु.के./सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल
ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल,नमस्ते एजुकेशन,वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी
राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी.सानमिगेल,
नमस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको हो ।

नेपालका ए डिभिजनका क्लब,विभागिय टिम,लिग विजेता थ्री स्टार,मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न
१२ टीमहरु सहभागी हुने उक्त प्रतियोगिताबाट बचत हुन आउने रकम सहारा एकेडेमीमा खर्चीने भएको छ ।
क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुलाई
निशुल्क शिक्षा  दिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषणमा क्लवले गर्दै आएको छ । हाल संरक्षित
बालकहरु क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन
।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द