2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मकैको खोस्टाद्धारा फुल बनाउने ७ दिने तालिम सुरु

पुष ६,
पोखरा / 
कास्की पोखरा हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग
प्रवद्र्धन उप—समितिको संयुक्त आयोजना र रेडियो जननी ९०.६ को समन्वयमा मकैको खोस्टाद्धारा फुल बनाउने
तालिम आइतबार देखि सुरु भएको छ ।

ful

तालिमको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य
संघका अध्यक्ष संञ्जिव बहादुर कोइरालाले तालिमका लागि आवश्यक पर्ने सामाग्री प्रशिक्षक अन्नपुर्ण
हस्तकला उद्योगका प्रोपाइटर नुजिलज कंसकारलाई हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो
।

कोइरालाले महिलाहरु अरुको भरमा नबसिकन आफ स्वयम आफनो सीपबाट आम्दानी गर्न सकेमा समाजमा महिला र
पुरुषहरुको स्तर समान हुने बताउनु भयो । कोइरालाले तालिममा सहभागीहरुलाई तालिम सिकेर व्यवसायिक हुदै
प्रशिक्षक बन्न आग्रह गर्नु भयो । उँहाले समाज रुपान्तरण गर्न महिलाको ठुलो भुमिका हुने भएकाले
महिलाहरुलाई आत्मनिर्भर बनाउने यस्ता खालका तालिम निकै जरुरी रहेको बताउनु भयो ।

कास्की पोखरा
हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पादै आर्थिक समृद्धिका
लागि उद्यमशीलता आजको आवश्यकता भन्ने मुल नाराका साथ हस्तकलालाई अगाडी बढाएको बताउनु भयो । भट्राईले
उद्यमशीलतामा अगाडि बढ्न सकेमा आर्थिक उन्नती हुने बताउनु भयो । उँहाले महिलाहरुमा उद्यमशीलतामा लाग्न
प्रेरणा मिलोस् भनेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

रेडियो जननीका स्टेशन म्यानेजर विमला
भण्डारीले तालिममा सिकेका कुरालाई कसरी व्यवसायिक रुपमा लैजाने भन्ने कुरा महत्वपुर्ण हुने बताउदै
सिकेका कुरालाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो । भण्डारीले सिप हस्तान्तरण गर्ने कुरा भएकाले
सिकेका कुरा अरुलाई सिकाउदै आफुहरु पनि आत्मनिर्भर हुनुपर्ने बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य
संघका सल्लाहकार तथा मानार्थ सदस्य सुरेश कुमार राज भण्डारीले महिलाहरु चुलो चौकोमा मात्र सिमित नरही
उद्यमशीलतामा लाग्नु पर्ने बताउनु भयो ।

कलाकार तथा कास्की पोखरा हस्तकला संघका सदस्य मिलन
शेरचनले आफुमा भएको क्षमतालाई बाहिर ल्याउनका लागि उचित स्थान चाहिने भएका कारण त्यो वातावरण संघले तयार
पारेकाले त्यसको महत्व बुझ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा ७ रत्नचोक स्थित ढाँड आमा समुहको
व्यवस्थानमा ७ दिन सम्म चल्ने तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको छ । उक्त तालिमको सहयोगी
संस्थाहरुमा पोखरा उपमहानगरपालिका, नेपाल हस्तकला महासंघ काठमाडौ./पद्यमावती हस्तकला उद्योग रहेका छन्
।

कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न तालिम
उद्घाटन कार्यक्रमको ढाँड आमा समुहका कार्यवाहक अध्यक्ष हरि देबी कार्कीले समापन गर्नुभएको थियो भने
संघका सचिव सीता गुरुङ्गले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द