2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिमा शशी तुलाचन निर्वाचित

sampada

पुस २५, पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको २० औँ वार्षिक साधारण
सभा तथा १० औँ सम्मेलनले शशी तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा
रामबहादुर पौडेल र पार्वती पौडेललाई सर्वसम्मत चयन गरेको छ । महासचिवमा विष्णुहरि अधिकारी ,सचिवमा
महेन्द्र आले र कोषाध्यक्षमा बसन्धरा ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमृत घिमिरे, निर्मला
कोइराला, विष्णु बहादुर भट्टराई, पवित्रा जिसी, यादवचन्द्र भुर्तेल, ठाकुर प्रसाद बराल, श्रीराम आचार्य,
हनिफ मियाँ, कौशिला गुृरुङ, कमल प्रसाद न्यौपाने र अमृत अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ
।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार तथा
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सम्पदाहरुको संरक्षणमा सबै जागरुक भएर लाग्नुपर्नेमा जोड दिए । उनले
राष्ट्रियताको सवाल अहिले सबैको मन मस्तिष्कमा सलवलाइरहेका बेला राष्ट्रिय सम्पदाले लिएको अभियानमा
आफ्नो हरेक स्थानमा ऐक्यबद्धता र समर्थन रहने बताए । उनले हामीले संस्कृति र संस्कारहरु भुल्दै जानु
विडम्बना बनेको बताउँदै आफ्नो मौलिक पनलाई बिर्सन नहुनेमा जोड दिए । सम्पदा अतिक्रमणका सवालमा राष्ट्रिय
सम्पदाले उठाएको अभियान सह्रानीय भएको उल्लेख गर्दै यसमा निरन्तरता र सरोकारवाला निकाययमा यसको खबरदारी
जारी राख्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा बोल्दै वरिष्ठ
मानवअधिकारकर्मी तथा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष टेकनाथ
बरालले राष्ट्रियता र राष्ट्रिय धरोहरका सम्पदाहरुलाई बचाइराख्न सम्पदाले थालेको अभियान जारी
राख्नुपर्नेमा जोड दिए । उनले महाकाली बचाऊ अभियानबाट ओतप्रोत भएर गठन गरिएको संस्थाको गरिमा र उचाइलाई
अझ गरिमामय पार्दै अघि बढ्न सुझाव दिए । सो अवसरमा पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायण शर्मा ,
पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिलीप राज श्रेष्ठ राष्ट्रिय सम्पदाका सल्लाहकार तिलक पराजुली,
सल्लहाकार भूपनिधि पन्तले मन्तव्य राखेका थिए । सो अवसरमा संस्थालाई विभिन्न तवरले सहयोग पु¥याउने पोखरा
उपमहानगरपालिका जिविस कास्की, पोखरा उद्योग वाणिज्य संघ, आदर्शसमाज राष्ट्रिय दैनिक र हनिफ मियाँलाई
सम्मान गरिएको थियो ।

कार्यक्रममा महासचिव रामबहादुर पौडेलले
स्वागत मन्तव्य, कोषाध्यक्ष बसन्धरा ढकालले संस्थाको आर्थिक प्रतिवेदन राखेकी थिइन् भने सदस्य निर्मला
कोइराला पाठकले संस्थाको प्रगति विवरण पेस गरेकी थिइन् । संस्थाकी कार्यवहाक अध्यक्ष शशी तुलाचनको
अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्वती पौडेलले गरेकी थिइन् । नयाँ कार्यसमितिको कार्यकाल
आगामी २ वर्ष रहने सम्पदाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द