2026-06-28 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजको रक्तदान सम्पन्न

blod donate

पुस २५, पोखरा । लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजले शनिबार पोखरा स्थित पार्दी
बिरौटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको लायन्स क्लवका पिएमसिसि लायन
प्रेमबहादुर श्रेष्ठले प्रथम रक्तदाता खिमराज आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए

उद्घाटन गर्दै श्रेष्ठले स्थापनाको छोटो समयमा नै सो क्लवले
परिपक्व उदाहरणीय सामाजिक कार्यहरू गरेकोमा बधाइ दिदै एक सवल र सक्षम क्लवको रूपमा आफूलाई स्थापित गरेको
बताए । उक्त कार्यक्रममा बिरौटा क्लवका अध्यक्ष सूर्य बराल, एमजेएफ लायन किशोर बराल, ब्लड बैंक स्थापना
समितिका अध्यक्ष सोनाम साङ्पो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको
प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल १०३ जनाले रक्तदान गरेको सो क्लवले जनाएको छ

क्लवका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक तीर्थराज आचार्यले व्यक्त गरेका
थिए भने ध्वजाको बन्दना कोषाध्यक्ष तीलबहादुर गुरुङ र संचालन सचिव शोभाकान्त पौडेलले गरेको उक्त क्लवका
निर्देशक रामजीप्रसाद लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी