2026-07-25 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उद्योगमन्त्री पाण्डे र पोउवा संघका प्रतिनिधीबीच समसामयिक विषयमा छलफल

पुस २६,पोखरा । पोखरा उद्योग वाणिज्य संघले
उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँग समसायिक विषयमा छलफल गरेको छ । आइतबार संघका अध्यक्षसहितका
पदाधिकारीहरुले उद्योगमन्त्री पाण्डेलाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै समसामयिक विषयमा छलफल गरेका
हुन् ।

कार्यक्रममा उद्योगमन्त्रीलाई स्वागत गर्दै पोखरा उद्योग
वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले उद्योग स्थापना बिना देशको विकास सम्भव नभएको बताउँदै उद्योग
खोल्ने वातावरण निर्माणको लागि सरकारसँग आग्रह गरे । पोखराको प्रसङ्ग झिक्दै उनले इन्धन अभावले
उद्योगहरु चल्नै नसक्ने अवस्था सृजना भएकोप्रति मन्त्रीको ध्यानकर्षण समेत गराए । २०३१ सालमा स्थापना
भएको पोखराको औद्योगिक क्षेत्र सानो भएकोले लेखनाथको पट्नेरीमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको
निर्माण छिटो स्थापना हुनुपर्नेमा जोड दिए ।
उद्योग स्थापनाको लागि एक द्धार प्रणाली नभएको, श्रम ऐन
तथा टे«ड युनियनका गतिविधी पनि व्यवसाय मैत्री हुन नसकेको उनको भनाई थियो ।

news 1
सो अवसरमा बोल्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो देश
आफैले चलाउनु पर्ने बताए । ‘देशलाई बाहिरी मोडल अनुसार चलाउने काम भयो’, पोखरा उद्योग वाणिज्य संघका
पदाधिकारीसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले भने,‘ देशको सम्वृद्धिको लागि मुलुक आफैले
हाँक्नुपर्छ, दातृ संस्थाले होइन ।’ उनको संकेत देशले अवलम्बन गरेको आर्थिक नीति र ती नीतिहरु परेको
दाताहरुको प्रभावप्रति लक्षित थियो ।

उनले अमेरिकाको
दृष्टान्त दिँदै संसारका सबै मूलुकले ऋण र अनुदान लिएको चर्चा गर्दै अगाडि थपे–‘ गाडीमा तेल हाल्न, टायर
फेर्न बाहिर पठाउन सकिन्छ, विकासको लागि अनुदान पनि चाहिन्छ तर देश आफैले नहाँके सम्म केही हुँदैन
।’

२९४६ सालको परिवर्तनपछि देश आफैले चलाउने प्रयत्न भएको
भए अहिलेको स्थिति नआउने बताउँदै उनले निजीकरणले देशको उन्नति नगरेको समेत बताए । देशमा उदारिकरणले कुनै
तरक्की नभएको उल्लेख गर्दै उनले औषधी, कृषि औजार जस्ता कारखानाहरु राज्य आफैले संचालन गर्नुपर्नेमा जोड
दिए । आर्थिक उदारिकरणको नीति लागु भएपछि देशमा भएका भृकुटी कागज कारखाना,बाँसबारी छालाजुत्ता उद्योग र
कृषि औजार कारखाना निजीकरण गर्नु गल्ती भएको उनको तर्क थियो ।यद्यपी उनले आफूलाई उदार आर्थिक नीतिको
बिरोधी नभएको बताउन भने चुकेनन् ।

उनले देशमा विद्यमान
समस्या राष्ट्रियतासँग जोडिएकाले मात्र जनतामा आक्रोस नबढेको स्वीकारे । देशमा जारी समस्या सुल्झाउनका
लागि सरकारले कुटनीतिक पहल जारी राखेको तर परिणाम नआएसम्म जनताले त्यसको महशुस मात्र गर्न नपाएको उनको
भनाइ थियो ।
देशको आन्तरिक व्यवस्थापनको लागि विदेशीहरु गुहार्ने प्रवृत्ति ठीक नभएको प्रसङ्ग झिक्दै
उनले थपे– ‘हामीले अनमिन बोलायौँ, जनताको छोरा देशको सर्वोच्च पदमा पुगेपछि आन्तरिक व्यवस्थापनमा कसैको
आवश्यकता छैन ।’
देशको आर्थिक उन्नतिको लागि औद्योगिक विकास अपरिहार्य रहेकाले सरकाले विशेष योजनाका
साथ औद्योगिक विकासको खाका कोर्न लागेको बताए । सातवटा प्रदेशमा सातवटा औद्योगिक क्षेत्र बनाउने तयारीमा
सरकार रहेको बताउँदै उनले थपे–‘जग्गा किनेर उद्योग खोल्दा उद्योगको लागतभन्दा जग्गाको लागत बढी
हुँन्छ,त्यसैले औद्योगिक क्षेत्र खोल्नु परेको हो ।’


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले बन्द र हड्तालले
गर्दा व्यवसायीहरुले आफूले तिर्नु पर्ने करको किस्ता समयमा नै तिर्न नसकेकोले समय थप हुनुपर्ने माग गरे
। द्धितीय उपाध्यक्ष मीनराज काफ्लले औद्योगिक वातावरण निर्माणको लागि इन्धनको आपूर्ति सहज हुनुपर्नेमा
जोड दिए।

महासचिव रवीन्द्रबहादुर प्रजुले अन्तर्राष्ट्रिय
विमानस्थल निर्माणले यो क्षेत्रको औद्योगिक सम्भावना बढ्ने भएकाले विमानस्थल निर्माण तत्काल थाल्ने
वातावरण बन्नुपर्ने बताए । उपमहासचिव प्रकाशदेव पालिखेले साना र मझौला उद्योगहरु स्थापनाको लागि सरकारले
विशेष नीति ल्याउनुपर्ने बताए । कोषाध्यक्ष दीलिपराज श्रेष्ठले मन्त्रीहरुले घुमफिरमा मात्र ध्यान दिने
र जनताको आवश्यकतामा ध्यान नदिने गर्दा जनतामा निरासा छाएको बताए । औद्योगिक क्षेत्र उद्योग संघका
महासचिव झलक आचार्यले खाद्य उद्योगहरु उर्जा संकटले समस्यामा परेकोप्रति संवेदनशील हुन आग्रह गरे

photo caption: पोखरा उद्योग वाणिज्य संघले आइतबार
उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक