2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय एकता दिवसको अवसरमा र्याली सम्पन्न

सूर्य बास्तोला/ पौष २७, पोखरा । २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय
एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीको आयोजनामा भव्य एकता र्याली सम्पन भएको छ ।

राप्रपा नेपालको देशका ७५ वटै जिल्लामा नेपाललाई एकीकरण गरी एउटै मालामा उन्ने
काम गरेका बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै एकता दिवस मनाउने निर्णय गरे बमोजिम
पोखरामा भव्य र्याली सम्पन्न गरिएको हो ।
पोखराको चिप्लेढुङ्गबाट बाजागाजा, भजन, झाँकीसहित शुरु हुने
उक्त ¥याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोकमा पुगी विशेष एकता सभामा परिणत भएको थियो ।
newsसभालाई सम्वोधन
गर्दै प्रमुख अतिथि अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले बडामहाराज पृथ्वीनारायण
शाहले धेरै राज्यमा टुक्रिएर रहेको देशलाई एउटै सुत्रमा बाँधी नेपाल एकीकरण गरेको बताउँदै उहाँको
एकीकरणको कारण नै अहिले हामीले नेपाल भन्न पाएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, जिल्ला
उपाध्यक्ष भीम भण्डारी, अधिवक्ता कृष्ण प्रसाद चापागाई लगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि
गर्नुभएको योगदानको बारेमा चर्चा गर्दै एकता दिवसमा राष्ट्रिय विदाको समेत माग गर्नुभएको छ ।

pokhara

एकता ¥यालीमा पार्टीका
केन्द्रीय सदस्यहरु शिवकुमार बाँस्तोला, देवीजंग गुरुङ्ग, विष्णुदेवी गुरुङ्ग, अञ्चल सचिव तथा राष्ट्रिय
पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोला, जिल्लाका पदाधिकारीहरु, उपाध्यक्षहरु, प्रजातान्त्रिक युवा
संगठनका केन्द्रीय सदस्य हिक्मतजंग कार्की, मुस्लिम समाजका केन्द्रीय सदस्य अमिर मियाँ, भातृस ंगठनका
अध्यक्ष तथा पदाधिकारीहरु, क्षेत्रीय अध्यक्षहरु, कार्यसमिति सदस्यहरु र जिल्लाका नेता तथा कार्यहरुहरु
एवं पोखरेली जनसमुदायहरुको उल्लेख्य उपस्थि ति रहेको थियो ।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन
प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणाले गर्नुभएको थियो ।

pokhara 1
तस्बिरः शिब न्यौपाने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई