2026-07-25 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राम्चेमा करोडौँ लगानीमा पूर्वाधार निर्माण

पुस २८, पोखरा । धार्मिक तथा
पर्यटकीय दृष्टिले सम्भावनायुक्त म्याग्दीको राम्चे गाविस–७ काफलडाँडामा रहेको करबाकेलीमा समुदायस्तरबाट
करोडौँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । दृश्य अवलोकनका साथै प्राकृतिक सौन्दर्यताले मनमोहक पुन
मगरहरूको धार्मिकस्थल करबाकेलीको धार्मिक तथा पर्यटन विकासका लागि १ करोड ५० लाखको लगानीमा पूर्वाधार
निर्माण भएको हो ।

पुन मगर समुदायको कुल देवता करबाकेली बाबाको
अवसान भएको स्थान मानिने करबाकेलीमा थान, पूजास्थल, पदमार्ग, सडक लगायतका पूर्वाधार निर्माण गरिएको
करबाकेली संरक्षण समितिका कोषाध्यक्ष चामबहादुर पुनले बताउनुभयो । करबाकेलीमा पूर्वाधार निर्माणका लागि
हालसम्म १ करोड ५० लाख लगानी भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।


म्याग्दी लगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेका पुन समुदायबाट चन्दा सङ्कलन गरेर
पूर्वाधार निर्माण गरिएको उहाँले बताउनुभयो । पूर्वाधार निर्माण गर्न स्थानीयवासीले २१ रोपनी जग्गा
निःशुल्क उपलब्ध गराएका थिए । करबाकेली परिसरमा हालै करिब ५ सयजना क्षमताको सभाहल निर्माण भएको छ

यसैगरी करबाकेली थानसम्म पुग्ने ५ सय मिटर सिँढीसहितको
पदमार्ग र सडक पनि निर्माण गरिएको छ । करबाकेली दर्शन र भ्रमणमा आउने पाहुनाको सुविधाका लागि १५० जना
क्षमताको २२ कोठे सामुदायिक लज निर्माण गर्ने कार्य ८० प्रतिशत पूरा भएको भौतिक निर्माण समितिका अध्यक्ष
चेन्तु गर्बुजाले जानकारी दिनुभयो ।

त्यहाँ पुन समुदायको
दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्ने तयारी
भएको छ । स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएका मौलिक शैलीका करबाकेली थानमा बहुमूल्य
धातुका जलप लगाइएको करबाकेली, विमला, फिमला, रामचन र कुलचनका मूर्ति राखिएका छन् । समुद्री सहतदेखि २
हजार २०० मिटरको उचाइमा रहेको करबाकेलीबाट धौलागिरि, निलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, टुकुचे लगायत १०
वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ

करबाकेलीमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने
जनविश्वास रहेको छ । विसं २०६५ मा करबाकेलीको अनुसन्धान समिति गठन गरी २०६७ देखि सुरु भएको पूर्वाधार
निर्माण कार्यले निरन्तरता पाइरहेको छ । प्ूर्वाधार निर्माण भएपछि करबाकेली म्याग्दीको प्रमुख धार्मिक
तथा पर्यटकीयस्थलका रूपमा विकास हँुदै गएको राम्चे गाविसका सचिव कृष्णबहादुर विकले बताउनुभयो । उहाँका
अनुसार गाविस, जिविसले पनि गुरुयोजना तयार गर्ने र संरक्षणको कार्यमा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक