2026-06-30 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेशनल प्याब्सन कास्कीले संस्थामा आवद्ध ज्येष्ठ विद्यालयलाई सम्मान

शिब न्यौपाने/पुस २८, पोखरा ।
नेशनल प्याब्सन कास्कीले संस्थामा आवद्ध ज्येष्ठ विद्यालयलाई सम्मान गरेको छ । नेशनल
प्याब्सनको स्थापना दिवसको अवसर पारेर प्याब्सान कास्कीले ती विद्यालयलाई हिजो सम्मान गरेको हो

सम्मानित हुने विद्यालयहरुमा अक्सफोर्ड स्कूल, आदर्श वोर्डिङ स्कूल, सिद्धिविनायक वोर्डिङ
ईङ्लिस स्कूल र गोर्खा वार्डिङ स्कूल रहेका छन् । सम्मानित विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि
जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, नेशनल प्याब्सन कास्कीका
अध्यक्ष रामबहादुर मोची, सल्लाहकार रामप्रसाद शर्माले संयुक्त रुपमा ती विद्यालयका संस्थापक
प्रिसिन्पललाई प्रशंशापत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

यसैगरी, नेशनल प्याब्सन
कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको वरिपरि रहेका छिमेकीलाई सरसफाई सम्वन्धि अभिमूखीकरण
तालिम दिएको थियो । तालिममा संस्था वरपर रहेका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । तालिमको पोखरा
उप महानगरपालिकाका वातावरण अधिकृत निर्मलमान सिंह भण्डारी र मूल्याड्ढन तथा अनुगमन अधिकृत हरि
न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा
अधिकारी विष्णुप्रसाद अधिकारीले संस्थागत विद्यालय नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनुभयो ।
संस्थागत विद्यालयमा लगानजी गर्नेले लगानी र जवानी यसैमा समर्पित गरेकोले यस क्षेत्रलाई मजवुद र
अग्रगामी वनाउदै अगाडि वढाउन उहाले सुझाव दिनुभएको थियो । उहाले संस्थाले समाजिक उत्तरदायित्व वहन गर्दै
शिक्षाको क्षेत्रमा पु¥याएको योगदान स्मरणिय भएको बताउनुभयो । सात विद्यालयबाट स्थापना गरेको यस
संस्थामा हाल ४५ विद्यालय आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ