2026-07-25 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको अमरसिंहमा छैठौ संस्करणको पोखरा महोत्सव शुरु

शिब न्यौपाने / पुस ३०, पोखरा । पोखराको अमरसिंह चौरमा
आजदेखि छैठौ संस्करणको पोखरा महोत्सव शुरु हुदैछ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल
नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकिय गन्तब्य
चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै आएको स्थानिय युनाइटेड क्लवले गर्दै आएको छैठौ संस्करणको
महोत्सव आजदेखि शुरु हुने भएको हो ।

माघ १० गते सम्म चल्ने
छैठौ संस्करणको पोखरा महोत्सवको नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेतले उद्घाटन गर्नुहुनेछ ।
महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला
सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको
सेवा बारे जानकारी, गराइने महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिनुभयो । यसैविच
महोत्सवलाई सफल वनाउनका लागी हिजो महोत्सव स्थल वरपर रहेका वडाका महिलाहरुको भेला सम्पन्न भएको छ । वडा
नम्बर १२, १३, १८, १५ र ९ का वडा महिला समन्वय समितीका अध्यक्ष तथा पदाधिकारीहरुले पोखराको गौरवको रुपमा
रहेको पोखरा महोत्सवलाई भब्य र सब्य बनाउनका लागी सक्दो सहयोग गर्ने भेलाले निर्णय गरेके नगर महिला
समन्वय समिती कास्कीका अध्यक्ष पवित्रा गुरुङले जानकारी दिनुभयो ।

यस्तै आगामी फागुन ५ देखि सुरु हुने लेखनाथ महोत्सबको लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
आयोजक लेखनाथ उद्योग बाणिज्य संघले फागुन १६ सम्म सञ्चालन हुने १२ औं लेखनाथ महोत्सबको स्टल बुकिङ
खुल्ला गरेको जानकारी दिएको हो । महोत्सवमा रहने स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, फुड फेस्टिवल, अटो, हस्तकला, मेशेनरी, फुड एण्ड वेभरेज,
साधारण, गार्मेन्ट र कर्पोरेट लगायत जम्मा तिन सय स्टल रहने छन् । महोत्सवमा पुग्ने दर्शकको सुविधालाई
मध्यनजर राख्दै विभिन्न प्रकारका स्टलहरुलाई फरक फरक स्थानमा राखिएको पुर्वाधार निर्माण तथा स्टल
व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिनुभयो । लेखनाथ महोत्सवमा विगतका अनुभवलाई आधार
मानेर पहिलाको दश दिन आफ्ना सदस्यहरुलाई मात्र स्टल वुकिङ खुल्ला गरिएको र अव सवैका लागि स्टल वुकिङ
खूल्ला भएको संयोजक पन्थीले बबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक