कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुक"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका युवाहरु एचआईभी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर हुँदै

२०७३, ५ मंसिर आईतवार १३:२१


कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुका लागि आयोजीत एक अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुले आ आफ्नो क्षेत्रमा गएर यो अभियानलाई अगि बढाँउने प्रतिबद्धता जनाएका हुन । 

एच आई भी एड्स तथा यौनरोगको विषयमा २ दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुले एच आई भी तथा यौन रोग न्यूनिकरणका लागि सबैभन्दा बढी युवा र किशोर किशोरी अग्रसर हुनुपर्नेमा जोड दिएका हुन । 

युवाहरु कुनै न कुनै माध्ययमवाट समाजमा सक्रिय रुपमा सहभागि हुने र युवाहरुको भूमिका हरेक सकारात्मक कार्यका लागि महत्वपूर्ण हुने भएकाले समाज रुपान्तरणका लागि युवानै अग्रपंतिमा रहेकोमा सहभागिको जोड थियो । 

अहिले जिल्ला युवा संजाल अछामले प्रत्येक ईलाका र प्रत्येक क्षेत्रवाट युवाहरुलाई संगठित गरि बिभिन्न रचनात्मक र सकारात्मक क्रियाकलापमा आवद्ध गराईरहेकोले स्वस्थ समाज निर्माण गरि देश विकासका लागि युवाहरु थप जिम्मेवारी निर्वाह गर्न तयार रहेको संजालका जिल्ला अध्यक्ष होम बहादुर साउदले बताँउनुभयो । 

स्वंसेवी रुपमा समाजमा रचनात्मक र सकारात्मक क्रियाकलाप गरिरहेका युवाहरु समाज विकासमा चिन्तित हुनुपर्ने बेला आएको उहाँले बताँउनुभयो । जिल्लाको प्रत्येक टोल टोलमा युवा क्लव र संजालहरु सक्रिय रहेको हुनाले आफ्ना हरेक बैठक तथा सहभागिता रहने कार्यक्रममा पनि एच आई भि एड्स तथा यौन रोग नियन्त्रणका बारेमा वकालत गर्ने सहभागि युवाहरुले प्रतिबद्धता जनाएका छन । 

अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थय कार्यालय अछामको तर्फवाट डा. बिवेक पौडेल, जनस्वास्थय निरिक्षक झनकराज ढुंगाना, यू एन एफ पि ए अछामका प्रमुख भरत गोतामे, जिल्ला स्वास्थय कार्यालयका क्षय कुष्ट फोकल प्रशन पंकज कलौनी, अहेव प्रवेश भण्डारी लगायतले एच आई भि एड्स तथा यौनरोगको राष्ट्रिय अवस्था, अछाम जिल्लाको अवस्था, रोग न्यूनिकरणका लागि युवाहरुको भूमिका आदिवारे सहजिकरण गराँउनुभएको थियो । 

जिल्ला युवा संजाल अछामका सम्पूर्ण पदाधिकारी र बिभागिय प्रमुखहरुको सहभागिता रहेको उक्त अभिमुखीकरण कार्यक्रम यू एन एफ पी ए को आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र जिल्ला युवा संजाल संगको समन्वयमा संचालन भएको थियो । 

यस्तै, सोही कार्यक्रम ईलाका स्तरका युवा संजालका पदाधिकारीहरुका लागि पनि संचालन गरिएको थियो । शनिवार र आईतबार २ दिनसम्म ईलाका नम्वर १, ८, १० र १२ वाट युवा संजालमा आवद्ध युवाहरुको प्रशिक्षण दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश