2026-11-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई दिने नेतृत्व विकास सकारात्मक सोच तथा बोल्ने कला तालिम आज देखी सुरु

माघ ३, कास्की / संरक्षण
आमा समुह पोखरा १६ अमलाबिसौनी तथा धोविनिपाटन को आयोजनामा बाटुलेचौर मा दुई दिने नेतृत्व विकास
सकारात्मक सोच तथा बोल्ने कला तालिम आज देखी सुरु भएको छ ।

kala
कार्यक्रमका प्रमुख अतिथि
बिन्दवासीनि उच्च माध्यामिक विद्यालयका प्राचार्य खिम लाल अधिकारीले तालिमको उद्घाटन गदै बदलिदो समयमा
बोल्ने कुरा अत्यन्त आवश्यक रहेको हुँदा तालिम सन्दभिर्क रहेको बताउनु भयो । उँहाले तालिममा सिकेका कुरा
व्यवहारमा लागु गर्नु पर्ने बताउदै बिद्यालय सामाजिक संस्था भएकोले समुहका दिदीबहिनीहरुको क्षमता
विकासमा सहयोग गर्न बताउनु भयो ।
वडा नागरिक मञ्च पोखरा १६ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले महिला
दिदीबहिनीहरु चुल्लो चौकोमा मात्र सिमित नभई आफु कसरी अगाडी बढ्न सकिन्छ भनेर सोच्नु पर्ने बताउनु भयो
।

वडा नं १६ का पुर्व अध्यक्ष एवं समाज सेवी उद्य बहादुर
बस्नेतले यस्ता तालिमले महिलाहरुलाई अगाडी बढाउन सहयागे गर्ने भएकाले महिलाहरुले सकारात्मक सोचका साथ
सिक्नु पर्ने बताउनु भयो ।

kala1
हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठले तालिम लाई तालिममा मात्र सिमित नराखी व्यवहारमा
उतार्नु पर्ने बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुह पोखरा १६ का अध्यक्ष दुर्गा
केसीले जब सम्म विकासका कार्यमा महिलाहरुलाई अगाडी बढाउन सकिदैन तब सम्म देशको विकास हुन नसकने भएकाले
विकासका कार्यमा महिलाहरुलाई सहभागी गराउनु पर्ने बताउनु भयो ।
तालिममा सहभागी समुहका सदस्य मङगला
खड्काले तालिम निकै प्रभावकारी रहेको बताउदै आफुहरुको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो
।

भोलि सम्म संचालन हुने तालिमा प्रशिक्षकमा संचारकर्मी तथा
एच. एन. बी. मिडिया नेपालका प्रशिक्षक नरमया रसाईली र हिमालय क्लबका सचिव मोहन थापा रहनु भएको छ ।
तालिममा संरक्षण आमा समुहका ६० जाना महिलाहरुको सहभागीता रहेको छ ।

संरक्षण आमा समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष
कमला कार्कीले स्वगत मनतव्य राख्नु भएको थियो भने सचिव पार्वती बस्नेतले कार्यक्रम संचालन गर्नु भएको
थियो । यसै बीच हामीले तालिममा सहभागीहरुलाई तालिम कस्तो लाग्यो ? भनेर सोधेका थियौ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द