2026-07-24 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपालमै पहिलो पटक बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी तालिम

image

गिता राना मगर । माघ ४, पोखरा । बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी सातदिने प्रशिक्षक
प्रशिक्षण तालिम आइतबार पोखरामा सम्पन्न भएको छ । नेपालमानै पहिलो पटक आयोजना गरिएको उक्त तालिममा
नेपालभरका १९ जना प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

सामर्थ/सिप्रेड संस्थाको आयोजना तथा युके एडको सहयोग तथा पशु सेवा बिभाग र राष्ट्रिय कृषि
अनुसन्धान केन्द्रको सहकार्यमा पोखराको होटल क्राउन हिमालयजमा सम्पन्न एक हप्ते तालिममा विशेषगरी
बंगुरको भालेलाई तालिम, बिर्य संकलन, प्रशोधन तथा प्याकेजिङ तथा भण्डारण र बजारीकरण सम्बन्धी
सैद्धान्तिक र ब्यवहारिक क्रियाकलापहरु गराइएको थियो ।

आइतबार
सम्पन्न तालिमको समापन कार्यक्रममा वोल्दै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र नार्कका बंगुर तथा कुखुरा
अनुसन्धान कार्यक्रम प्रमुख दामोदर न्यौपानेले बंगुरको कृत्रिम गर्भाधानले कृषकहरुलाई प्रत्यक्ष रुपमा
फाइदा पुर्याउने वताउदै तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गराउनुपर्नेमा जोड दिए । त्यस्तै तालिमका
प्रशिक्षक जीनप्रो कम्पनी अमेरिककाका डाक्टर केभिनले नेपालमा बंगुरपालनको संभावना राम्रो भएको वताउदै यो
तालिमले अझै बंगुरपालक किसानका लागी उर्जा थप्ने वताए । कृत्रिम गर्भाधानले उन्नत जातका बीउहरुलाई साना
किसानले समेत प्रयोग गर्न सक्ने भएकाले यसलाई महत्वपूर्ण रुपमा लिनुपर्ने उनको भनाइ रहेको थियो

तालिममा सहभागी कृषक तथा पोखरा लाइभस्टक प्रालिका सञ्चालक
छ्याम थापाले सात दिने तालिमले आफुहरुलाई बंगुर पालनमा थप उर्जा प्रदान गरेको वताए । आफ्नो फर्म पोखरा
लाइभ स्टकमा ए.आइ. ल्याब समेत रहेकाले पोखरा र आसपासमात्र नभइ नेपालभरकै बंगुर किसानका लागी कृत्रिम
गर्भाधानका लागी सामाग्री प्रदान गर्न आफु तयार रहेको वताए ।

कार्यक्रममा डाक्टर नन्द प्रशाद
शर्मा, डाक्टर शोभा शर्मा , झापा कुलुङ बंगुर फार्मका संचालक संजिव कुमार राइ लगायतले वोलेका थिए ।
तालिममा सैद्धान्तिक कक्ष पोखराको क्राउन हिमालयन होटलमा भएको थियोभने ब्यवहारिक कक्ष लेखनाथको
रिठेपानीमा रहेका पोखरा लाइभस्टक प्रालिमा सम्पन्न भएको सामर्थ/सिप्रेडका बंगुर विश्लेषक डाक्टर राजेश
कुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक