होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लाम"/>

2026-10-14 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

योजना तर्जुमा अभियानमा समग्र विकासको खाका ल्याँउन स्थानियको माग


होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ । 

आयोग सुदूरका सबै जिल्लामा जिल्ला स्तरीय योजना तुर्जमा गर्दै समग्र सुदूरको विकासको खाका ल्याँउनका लागि क्रियाशिल भएको हो । अभियान अन्र्तगत सुदूरपश्चिम विकास आयोगको सचिवालय दिपायलले सोमवार अछाम सदरमुकाम मंगलसेनमा सरोकारवालाहरु बिच योजना तर्जुमाका लागि अन्र्तक्रिया गरेको छ । 

कार्यक्रममा सहभागि सरोकारवालाहरुले सुदूरपश्चिमको विकासका लागि आयोगले नीतिगत सुधारमा ध्याँन दिनुपर्ने बताएका छन । सरोकारवालाहरुले लगानीका लागि निजी क्षेत्रको आर्कषण बढाँउन पहल गर्नुपर्ने, यस अगि प्रस्ताव गरेका योजनाहरुको अवस्था र आगामि कार्ययोजनावारे खाका बाहिर ल्याँउनुपर्ने तथा बस्ति स्थरवाटै छानियका योजनाहरुलाई पनि आयोगले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन । 

कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर बिष्टले हरेक परिषदहरुमा यहाँको विकासका महत्वपूर्ण योजनाहरु आएपनि माथिसम्म पुग्ने र कार्यान्वयन हुने समस्या रहेको बताए । नेकपा एमालेका जिल्ला सदस्य चन्द्र बोहराले यस अगि पनि आयोगले यो क्षेत्रको विकासका लागि मार्गचित्र तयार गर्न यस्ता कार्यक्रम गरेपनि के प्रगती भएको छ जाँनकारी गराँउन आवस्यक रहेकोमा जोड दिए । 

छलफल कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले यस क्षेत्रमा प्राविधिक शिक्षाको लागि पर्याप्त प्राविधिक शिक्षालय नभएकाले त्यसतर्फ पनि आयोगले ध्याँन दिन जरुरी रहेको बताए । प्राविधिक जनशक्ति उत्पादन भएमा मात्रै समग्र विकासले गति लिनेमा बिष्टको जोड थियो । 

जिल्ला भू संरक्षण कार्यालय अछामका प्रमुख शिव पोखरेलले पनि अछामको हकमा पर्यटन विकासका लागि बैजनाथ देखी रामारोशन सम्म केवुलकारको सम्भावना रहेको भन्दै त्यसको सम्भाब्यता अध्ययन गरि दीर्घकालिन योजना बनाँउन आवस्यक रहेकोमा जोड दिए । 

यस्तै नेपाल घरेलु तथा साना उद्योग महाँसंघ अछामका अध्यक्ष तथा उद्योग बाणिज्य संघ अछामका महाँसचिव बम बहादुर रावलले आयोगले निजी क्षेत्रको विकास र निजी क्षेत्रसंग समन्वय तथा परामर्श गर्दै लगानी गर्ने बातावरण निर्माणका लागि आवस्यक कार्य गर्नुपर्नेमा जोड दिए । सुदूरपश्चिमको विकासका लागि स्थानिय स्तरको सुझाव र आवस्यकतालाई ध्याँनमा राखेर विकासको कार्ययोजना तयार पारिने सुदूरपश्चिम विकास आयोगका कार्यकारी निर्देशक रामशरण सापकोटाले जाँनकारी गराए । 

आयोग अहिले सुदूरपश्चिममा जलबिद्युत, कृषि र पर्यटनलाई केन्द्र बनाएर विकासको मोडेल तयारीमा रहेको उनले बताए । यसका साथै दिपायल एरपोर्ट संचालन, बिभिन्न प्राविधिक शिक्षालयको विकास लगायतका योजनाहरुको अध्ययन गरि सरकारलाई सुझाव दिएको आयोगका उपसचिव जनकराज जोशीले बताए ।  

२०७१ सालपछि मात्रै काम गर्न सुरु गरेको सुदूरपश्चिम विकास आयोगले अल्पकालिन र दीर्घकालिन आर्थिक, सामाजिक विकास रणनीति निर्माण, धार्मीक र पर्यटकीय विकास सम्वन्धि गुरुयोजना निर्माण, सुदूरपश्मिमा लगानी प्रर्बदनका लागि राज्यवाट करमुक्त क्षेत्र बनाँउन सिफारिस गर्ने लगायतका कामहरु अगाडि बढाईरहेको सो अवसरमा जाँनकारी दिईएको थियो । अछामका निमित्त स्थानिय विकास अधिकारी लाल बहादुर बिष्टको अध्यक्षतामा भएको उक्त छलफल तथा अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा सहित जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश