2026-07-24 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छोटो गुरुङ चलचित्र निर्माण तालिमको लागि जिफान टोली सिक्लेसमा

sikelमाघ ७, सिक्लेस । हामी सवैको मनमा गुरुङ चलचित्र मुल नाराका
साथ क्रियाशिल गुरुङ फिल्म एशोसिएसन नेपाल ( जिफान ) छोटो चलचित्र निर्माणको लागि कास्कीको पर्यटकिय
गाउँ सिक्लेस आईपुगेको छ ।

माघ ७ गतेदेखि १० गतेसम्मा हुने
तालिमका लागि आएका गुरुङ चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुलाई सिक्लेस आमा, सिक्लेस युवा क्लव
र सिक्लेसवासीहरुले एक समारोहवीच फुलमाला र टिका लगाई स्वागत गरेका थिए ।

चलचित्र निर्माणमा क्षमता अभिवृद्धि र गुणस्तरियता बृद्धिका लागि जिफानको आयोजना र नेपाल
चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिको सहयोगमा जनजाति चलचित्र महासंघ नेपालका
अध्यक्ष अमृत सुनुवारको प्रमुख अतिथ्यतामा तालिम हुन लागेको जिफानका अध्यक्ष वेद वहादुर गुरुङ श्यामले
जानकारी दिनुभयो ।

छोटो चलचित्र निर्माणका लागि भोलि माघ ७ गते
पहिलो दिन इन्डोर सम्वन्धि प्रशिक्षण दिने र दोश्रो दिनबाट आउट डोर सम्वन्धि प्रशिक्षण दिने र समुह समुह
बनाई तालिम अवधिभर ५ ओटा छोटो गुरुङ चलचित्र निर्माण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

जिफानको प्राविधिक विभागको संयोजनमा हुन लागेको तालिममा करिव ५० जनाको सहभागिता
रहने आयोजकले जानकारी दिएको छ । तालिममा जिफानका अध्यक्ष गुरुङ, पुर्व अध्यक्ष तथा सल्लाहकार प्रमुख
माओत्से गुरुङ, कृष्णकुमार गुरुङ, प्रितम गुरुङ, युगवहादुर गुरुङ र प्रकाश गुरुङ काश लगायतले प्रशिक्षण
दिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक