१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

४० प्रतिशत तलव बृद्धिको माग गर्दै मणिपाल  अस्पतालका कर्मचारीहरु आन्दोलनमा

१० माघ २०७२, आईतवार ०२:३८

manipalशिव न्यौपाने । माघ १०, पोखरा । दुई बर्षदेखि
अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि नभएको भन्दै उनिहरुले दवावमुलक आन्दोलन जारी राखेका
हुन् । यसअघि घोषणा गरेको आन्दोलनको कार्यक्रम माघ ५ गते सकिएपछि मनिपाल कर्मचारी समन्वय समितिले फेरि ९
गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

दवावमुलक
कार्यक्रम अन्तर्गत प्रशासन घेराउ गरिसकेका उनिहरुले अस्पतालमा संचालनमा रहेका तथा अन्य विद्यालय तथा
विश्वविद्यालयबाट माणिपालमा संचालन गर्ने सबै शैक्षिक कार्यक्रम अवरुद्ध गर्ने, मनिपाल अस्पताल तथा
कलेजमा संचालनमा रहेका एम्बुलेन्स र फोहोर फाल्ने ट्रयाक्टर बाहेकका अन्य यातायातका साधन रोक्ने र
निरन्तर प्रशासन अगाडी नाराबाजी सहित धर्ना दिने जनाएका छन् । व्यवस्थापन पक्षले आफ्ना मागको विषयमा
सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने मनिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष बिक्रम केसीले
जानकारी दिनुभयो ।

मनिपाल प्रशासनले भने कर्मचारीहरुसँग पहिला
नै एक खालको सम्झौता भएको भन्दै अहिले आएर आन्दोलन गर्नुको औचित्य नभएको बताएको छ । मनिपाल शिक्षण
अस्पतालका मानव संशाधन बिभाग प्रमुख बिरेन्द्र यादवले कर्मचारीहरुले आन्दोलन गरीरहेको र यसको अर्थ
नरहेको बताउनुभयो ।

समन्वय समितिका अध्यक्ष विक्रम केसीले
कर्मचारीको माग सम्बोधनको लागि अहिलेसम्म अस्पताल ब्यबस्थापनसँग ३० पटक वार्ता भएको तर त्यसका लागि कुनै
प्रयास नभएको बताउनुभएको छ । गत असार ७ गते ११ बुदँे माग पेश गरेपछि ब्यबस्थापनको तर्फबाट गठित वार्ता
टोलीसँग ३० औं पटकसम्म वार्ता गरेपनि माग सम्बोधन नभएको उहाको भनाई छ ।

उनिहरुले ४० प्रतिशत तलव बृद्धिको माग राखेका छन् । तर अस्पताल ब्यबस्थापनले ४,५ प्रतिशत
मात्र बृद्धि गर्न सकिने अडान लिएको छ । समितिका अनुसार मनिपालमा अहिले चिकित्सक बाहेक ६ सय ५० जना
कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव