2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

४० प्रतिशत तलव बृद्धिको माग गर्दै मणिपाल  अस्पतालका कर्मचारीहरु आन्दोलनमा

manipalशिव न्यौपाने । माघ १०, पोखरा । दुई बर्षदेखि
अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि नभएको भन्दै उनिहरुले दवावमुलक आन्दोलन जारी राखेका
हुन् । यसअघि घोषणा गरेको आन्दोलनको कार्यक्रम माघ ५ गते सकिएपछि मनिपाल कर्मचारी समन्वय समितिले फेरि ९
गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

दवावमुलक
कार्यक्रम अन्तर्गत प्रशासन घेराउ गरिसकेका उनिहरुले अस्पतालमा संचालनमा रहेका तथा अन्य विद्यालय तथा
विश्वविद्यालयबाट माणिपालमा संचालन गर्ने सबै शैक्षिक कार्यक्रम अवरुद्ध गर्ने, मनिपाल अस्पताल तथा
कलेजमा संचालनमा रहेका एम्बुलेन्स र फोहोर फाल्ने ट्रयाक्टर बाहेकका अन्य यातायातका साधन रोक्ने र
निरन्तर प्रशासन अगाडी नाराबाजी सहित धर्ना दिने जनाएका छन् । व्यवस्थापन पक्षले आफ्ना मागको विषयमा
सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने मनिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष बिक्रम केसीले
जानकारी दिनुभयो ।

मनिपाल प्रशासनले भने कर्मचारीहरुसँग पहिला
नै एक खालको सम्झौता भएको भन्दै अहिले आएर आन्दोलन गर्नुको औचित्य नभएको बताएको छ । मनिपाल शिक्षण
अस्पतालका मानव संशाधन बिभाग प्रमुख बिरेन्द्र यादवले कर्मचारीहरुले आन्दोलन गरीरहेको र यसको अर्थ
नरहेको बताउनुभयो ।

समन्वय समितिका अध्यक्ष विक्रम केसीले
कर्मचारीको माग सम्बोधनको लागि अहिलेसम्म अस्पताल ब्यबस्थापनसँग ३० पटक वार्ता भएको तर त्यसका लागि कुनै
प्रयास नभएको बताउनुभएको छ । गत असार ७ गते ११ बुदँे माग पेश गरेपछि ब्यबस्थापनको तर्फबाट गठित वार्ता
टोलीसँग ३० औं पटकसम्म वार्ता गरेपनि माग सम्बोधन नभएको उहाको भनाई छ ।

उनिहरुले ४० प्रतिशत तलव बृद्धिको माग राखेका छन् । तर अस्पताल ब्यबस्थापनले ४,५ प्रतिशत
मात्र बृद्धि गर्न सकिने अडान लिएको छ । समितिका अनुसार मनिपालमा अहिले चिकित्सक बाहेक ६ सय ५० जना
कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई